उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् । उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग […]

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आइतबार (असार १) पनि प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद आफ्नो आसनमा उभिएर विरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरले सभाको कार्य अघि बढाएका छन् । आकस्मिक समयपछि सभामुखले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आउँदो आर्थिक वर्षको […]

संसदको अवरोध खुलाउन माओवादीले सार्यो मध्यमार्गी प्रस्ताव, रास्वपाबाहेक सबै सहमत

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले गत १३ जेठदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर छलफल चलिरहे पनि निष्कर्ष निस्किन सकेको छैन । गृहमन्त्रीको राजीनामाबाट पछि हटेर प्रतिपक्षी दलहरूले […]

प्रतिपक्षीको अडान र सत्तारुढको अटेरीले १४ दिनदेखि सदन बन्धक

प्रतिपक्षी दलहरूको अडान र सत्तारुढको अटेरीका कारण प्रतिनिधिसभा बैठक विगत १४ दिनदेखि बन्धक बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति÷आयोगको माग राखेर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । १३ जेठदेखि सुरु भएको विपक्षी दलहरूको विरोध १४औँ दिन आइपुग्दा सोमबारसम्मै जारी रह्यो । यसबीचमा सत्तारुढ र विपक्षी दलहरूबीच […]

प्रतिपक्षीले चल्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मको लागि स्थगित

काठमाडौं । भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको प्रतिपक्षी दलले चल्न नदिएपछि प्रतिनिधिसभा बैठक पर्सी बुधबारसम्मको लागि स्थगित भएको छ । लामो समयदेखि यही प्रकरणमा अवरोध गर्दै आइरहेको प्रतिपष दलले आजको बैठक पनि अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो । तर पछि पनि सहमति नजुटेपछि […]

प्रतिनिधिसभा बैठक सञ्चालनबारे प्रतिपक्षी दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ […]

जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको बताएका छन् । रासससँग कुराकानी गर्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे । पूर्वअध्यक्ष रेग्मीले भने, ‘गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र […]

बालेनको आदेशपालक बनेका राजु पाण्डे निलम्बित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेका हुन् । गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण उनलाई निलम्बन गरिएको हो । पाण्डेलाई सोधेको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो […]

आन्दोलन नछाडेसम्म राप्रपाका सांसद तथा नेताहरुले अंगरक्षक नपाउने

काठमाडौं । केही दिनदेखि राजसंस्था पुनःस्थापित गर्ने उदेश्यले आन्दोलनमा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सरकारले दिएको अंगरक्षक (पीएसओ) आन्दोलन नछाडेसम्म नपाउने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरुले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिएका पीएसओहरू फिर्ता गरेको थियो । प्रहरी प्रवक्ता एसएसपी रमेश […]

गृहमन्त्रीको राजीनामा र छानबिन आयोग माग्दै संसद् अवरोध

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको छानबिन गर्न माग गर्दै मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सचिवालय जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि राजीनामाको माग गरेका हुन् । गृहमन्त्रीले पदबाट राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने प्रतिपक्षी […]