संसद् बैठकको समय सर्यो

१७ चैत,। प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो । संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने […]
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले पछिल्लो राजनीतिक घटना क्रम र विभिन्न विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । […]
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

१५ चैत, काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । ११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै […]
कुलमानको विषयमा सहमति नजुटेपछि आजको संसद बैठक स्थगित, अब शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो […]
रातारात प्राधिकरणमा शाक्यको पदबहाली, कुलमानलाई रोकेका खड्काले शाक्यलाई दिए बक्यौता असुल्न निर्देशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । निकै सकसका साथ कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण भएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका थिए । यसअघि कुलमानसहितको विषयमा सोमबार बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न भन्दै दिउँसो ३ बजेको समय तोकेर जानकारी गराइएको थियो । करिब ३ […]
नेपाल बुद्धिजीवी परिषद नवलपुरको अध्यक्षमा जिसि चयन

नेपाल बुद्धिजीवी परिषद नवलपुरको अध्यक्षमा रमेश जिसि चयन हुनुभएको छ । परिषदको शनिवार कावासोतीमा सम्पन्न नवौं जिल्ला अधिबेशनबाट जिसि अध्यक्षमा चयन हुनुभएको हो । परिषदको उपाध्यक्षमा शशी सिग्देल , सचिबमा करुण लम्साल , कोषाध्यक्षमा टंक प्रसाद पराजुली , उपसचिबमा शिबहरी खनाल र राधा उपाध्याय चयन हुनुभएको नवनिर्वाचीत सचिब करुण लम्सालले बताउनु भयो । परिषदको सदस्यहरूमा […]
रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै शुक्रबार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको उच्च अदालत पाटनको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । निवेदनमा पहिलो सुनुवाइ […]
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आंगिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए […]
केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निणार्य गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन । बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठकमा यसअघि भएका […]
प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै […]