Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रतिनिधिसभाको शून्य सम : यस्ता छन् सांसदहरुका माग

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

काठमाडौं । प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनः निर्माणलाई प्राथमिकता जोड दिन माग गरेका छन् । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद दोमोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनः निर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे ।

सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताए । सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक संगठनका सभापति सुजित केसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गरे ।

सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२–८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं २–३ मा अधुरा विकासका आयोजनामा बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामा नयाँ उत्साह जागेको र आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गरे ।

सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने १० किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको र मिटर ब्याजभन्दा पनि बढी कर लिएको र हर्जना तथा ब्याजको छुट दिन आग्रह गरे । सांसद ध्रुवबहादुर प्रधानले तानसेन सिमेन्ट उद्योग र लक्ष्मी स्टील उद्योगले वातावरण प्रदूषण र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग र वातावरण मन्त्रालयको ध्यानार्षण गराए ।

सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय र क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा सरकारको ध्यानकर्षण गराए ।

सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरिन् । सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिम र कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमा रहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गरे ।

सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित ९० प्रतिशत अंगदाता नपाएर मृत्यु भएको र आठ हजार बिरामी अंगदाताको प्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अंग प्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढंगले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनाले यस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगत विभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही र निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गरे ।

सांसद विन्दाबासिनी कंसकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटक–पटक उठाएको भए पनि ध्यान नदिएको र त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायु परिर्वतनबाट नेपाललाई जोगाउन लिएको नीतिबारे जानकारी माग गरिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ३ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ३ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • ३ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved