चितवनमा ५४ लाख धरौटी बुझाएर रवि लामिछाने रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत चितवनमा ५४ लाख धरौटी बुझाएर रिहा भएका छन् । सहारा चितवन सहकारीको रकम ठगी प्रकरणमा बिहीबार सभापति लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार लामिछानेसँग धरौटी […]

सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् । विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक […]

संसद‍मा ‘मत ढलेँ ढलेँ’ गीत गाएका प्रधानमन्त्री ओलीलाई प्रचण्डले यसरी फर्काए जवाफ

काठमाडौं । गत माघ १८ थते बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गाएको ‘मत ढलेँ ढलेँ’ बोलको गीतको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्काएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गाएको उक्त गीतको जवाफ फर्काएका हुन् । जवाफमा प्रचण्डले आफूले सरकार ढल्ने बताएको जिकिर […]

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि

२३ माघ, चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् ।   जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

चुनावको ३ वर्षअगावै कांग्रेसमा अन्तर्घातको त्रास !

काठमाडौँ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसभित्र आगामी २०८४ सालमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्थानीय तहको निर्वाचनअघि नै गर्नुपर्ने मत बढ्दै गएको छ । कांग्रेस सांसदहरूले यस विषयमा पार्टीले आधिकारिक निर्णय गरेर अघि बढ्नुपर्ने भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिन थालेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचन कानुन र आचारसंहिताका कारण प्रतिनिधिसभा तथा प्रदेशसभा […]

कांग्रेसमा गुट परिवर्तनको लहर, महाधिवेशन ३ वर्ष धकेल्ने रणनीतिमा संस्थापन

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन कहिले गर्ने ? भन्ने सन्दर्भमा कोइराला परिवारबीच फाटो उत्पन्न भएको छ । इतरपक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइराला कुनै पनि हालतमा विधानद्वारा निर्धारित मितिमै १५औँ महाधिवेशन सम्पन्न गर्न दबाब अभियानमा छन् । तर डा.शशांक कोइराला भने महाधिवेशन ३ वर्षपछि धकेल्ने रणनीतिमा जुटेका छन् । कांग्रेसको विधानअनुसार २०८२ पुसको पहिलो साताभित्र १५औँ […]

सदनको अधिकांश समय अध्यादेश र सरकारको विरोधमा केन्द्रित

करिब ५ महिनापछि प्रतिनिधिसभाको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठक विभिन्न ६ वटा अध्यादेश टेबुल गर्दै २४ गतेसम्मका लागि स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो दिन सरकारले यसअघि ल्याएका विभिन्न ६ वटा अध्यादेश सदनमा पेस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुबै सदनमा सञ्चार तथा सूचना […]

‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति पूर्वाग्रहका साथ लागेको छ’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेविरुद्ध माथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा दलको प्रतिनिधित्व गर्दै बोलेका उपसभापति वाग्लेले लामिछानेमाथि राज्यले विभिन्न ठाउँमा विभिन्न मुद्दा लगाउँदै ८४ दिनसम्म थुनाएको बताएका हुन् । दुई दुई पटक त्यसमाथि पनि सबैभन्दा धेरै मतका साथ विजयी भएका […]

कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ । बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ । बैठकले नमूना जिल्ला सदरमुकामको गुरुयोजनामा केही परिमार्जन गरेर सरकारी कार्यालय भवन निर्माण गर्ने स्थान किटान गरेको हो । सोमबार सहरी विकास […]