Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आइतबार (असार १) पनि प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद आफ्नो आसनमा उभिएर विरोध गरिरहेका छन् ।

तर, सभामुख देवराज घिमिरले सभाको कार्य अघि बढाएका छन् । आकस्मिक समयपछि सभामुखले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भका निम्ति प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

उनी बोलिरहँदा नेकपा (एकीकृत समाजवादी)का उपनेता राजेन्द्र पाण्डेले समय मागे । सभामुखले मन्त्रीलाई रोकेर पाण्डेलाई समय दिए ।

पाण्डेले नाराबाजीका कारण अर्थमन्त्रीले बोलेको नसुनिएको भन्दै बैठक चलाउने तरिका ठिक नभएको बताए । उनले बैठक स्थगन गरेर समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।

‘यो नाराबाजीको अवस्थामा अर्थमन्त्रीज्यूले भनिरहनुभएको कुरा हामीले सुनिरहेको छैनौँ । यो सभा चलाउने अहिलेको तरिका भएन । यो स्थगित गरेर एउटा सहमति गरेर मात्रै एउटा टुंगो गरी अघि बढाइयोस्,’ उनले भने । त्यसपछि सभामुखले ‘धन्यवाद’ भने र मन्त्रीलाई बोल्न आग्रह गरे । उनको प्रस्तावमाथि छलफल जारी छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved