Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

संसदको अवरोध खुलाउन माओवादीले सार्यो मध्यमार्गी प्रस्ताव, रास्वपाबाहेक सबै सहमत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले गत १३ जेठदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर छलफल चलिरहे पनि निष्कर्ष निस्किन सकेको छैन । गृहमन्त्रीको राजीनामाबाट पछि हटेर प्रतिपक्षी दलहरूले छानबिन समिति बनाउनुपर्ने मागलाई बटमलाइन बनाउँदा पनि सत्तापक्ष त्यसमा तयार नहुँदा निकास निस्किन नसकेको हो ।

‘मानव तस्करलाई कारबाही गर’ को नाराबाजी

बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरूले ‘मानव तस्करलाई कारबाही गर’, ‘गृहमन्त्री राजीनामा दे’ लगायत नाराबाजी गरे । सत्तापक्षका सांसदहरू पनि उठेर बैठक सञ्चालन गर्नुपर्ने माग राखेपछि संसद् बैठक होहल्लामा परिणत भएको थियो ।

संसद्लाई प्राणहीन बनाउने काम नगरौँ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद् देशका समस्याहरू छलफल गर्ने सर्वोच्च निकाय भएको भन्दै छलफल गर्ने वातावरण बनाउन आग्रह गरे । उनले २ हप्तादेखि संसद् अवरुद्ध हुँदा छलफल हुन नसकेको बताएका थिए । ‘विषयअन्तर्गत छलफल गर्दै जाने वातावरण बनाउनुपर्छ । नत्र सभा सञ्चालन हुन सक्दैन । सभा सञ्चालन नभएमा संसद्ले गर्ने काम गर्न सक्दैन,’ उनले भने, ‘संसद् प्राणहीन बनाउने काम नगरौँ ।’ बैठकमा अवरोध कायम रहेपछि सभामुखले बिहीबार (आज) दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगन गरेका छन् ।

रास्वपाको अडान कायमै, सहमति जुट्ने दाबी

यता, रास्वपाले आफूले अघि सारेका ५ बुँदामा सहमति जुट्ने दाबी गरेको छ । बुधबार बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि रास्वपाको ५ बुँदामै अडिग रहने निष्कर्ष निकालेको उसको दाबी छ । सौर्य दैनिकसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षी दलहरूको साझा निष्कर्ष रहेको बताए ।

माओवादीले सार्यो मध्यमार्गी प्रस्ताव, रास्वपाबाहेक सबै सहमत

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भने गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागबाट पछि हटेर २ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेको छ । अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भएका कमजोरीहरू सच्याउन सरकारले आवश्यक पहलकदमी गर्ने भन्ने २ बुँदा अघि सारिएको हो । सो प्रस्ताव सत्तारुढ दल कांग्रेस र एमालेका लागि मान्य भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

छानबिन समिति बनाउन सरकार लचक

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन् । बुधबार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा उनले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । गुरुङले बिहीबारसम्ममा कुरा मिल्न सक्ने विश्वास व्यक्त गरे । ‘गृहमन्त्रीले राजीनामा दिने कुरा कहिल्यै पनि आउँदैन । बढीमा संसदीय छानबिन समिति कसरी बनाउने, के बनाउने भन्ने कुरामा छलफल भइरहेको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved