काठमाडौंका मेयर बालेनले बोलाए ६ महिनापछि कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन् । मेयर साहले उक्त बैठक भोलि शुक्रबारको लागि बोलाएको बताइएको छ । महानगरका मेयर बालेले भोलि शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए । उनका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख […]
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए । अघिल्लो […]
राष्ट्रियसभामा सरकारले गुमाउँदै छ बहुमत

काठमाडौँ । सत्तारूढ जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने भएको छ । जसपा नेपालको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको र संसदीय दलले यसबारे औपचारिक निर्णय लिने गरी अन्तिम तयारी गरिरहेको छ । जसपा नेपालको प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सिट छ । […]
एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा अवानी पौडेलले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन् । सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमै नेपाली समुदायमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सक्रिय सहभागिताबाट विशिष्ट पहिचान बनाएकी छन् । टिम एकता अन्तर्गत […]
पतञ्जली जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख धरौटीमा रिहा

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश आएको हो । अदालतको आदेशसँगै बुधबार राति नै बैंक […]
माधव नेपाल विशेष अदालतमा उपस्थित, तीन जना न्यायाधीशको इजलासमा बयान सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा बयानका लागि विशेष अदालतमा उपस्थित भएका छन् । अध्यक्ष नेपाल पतञ्जली जग्गा भ्रष्टाचार मुद्दामा आज बुधबार विशेष अदालतमा विशेष अदालतमा उपस्थित भएपछि उनको बयान सुरु भएको छ । अध्यक्षनेपालको बयान विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको […]
विनयी त्रिवेणीको बजेट ८३ करोड ६२ लाख

कावासोती । विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ६२ लाख १० हजार को बजेट ल्याएको छ । सोमबार सम्पन्न विनयी त्रिवेणी गाउँपालिकाको गाउँ सभाको १७ औँ अधिवेशनमा गाउँपालिक उपाध्यक्ष भगवती वैदवारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन । उपाध्यक्ष वैदवारले पेश गरेको बजेटमा पुँजीगत तर्फ ३१ करोड ७८लाख ४७ […]
देउवाको दबाबपछि ‘टेक एन्ड पे’ नीतिबाट पछि हट्यो सरकार

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकार विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ नीतिबाट पछि हटेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले निजी क्षेत्रले बनाउने नदी प्रवाही जलविद्युत् (रन अफ द रिभर) आयोजनालाई लिऊ र तिर (टेक एन्ड पे) को नीति लागू गर्ने भएपछि सडकदेखि सदनसम्म बहस चुलिएको थियो […]
वार्षिक बजेटको झन्डै दोब्बर पुग्दै छ सार्वजनिक ऋण

गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोतमा वैदेशिक ऋण, अनुदानसमेत राखेको छ । अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड बेहोर्दा ५ खर्ब ९५ अर्ब ६६ करोड कम हुनेछ । त्यसमा अपुग हुने रकममध्ये […]
प्रधानमन्त्रीसँग प्रश्नोत्तरअघि रास्वपासँग छलफलमा सभामुख

६ असार, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफलमा छन् । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा रहेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम […]