सांसद राई पक्राउको जानकारी संसद्लाई

सांसद माया राई पक्राउ परेको विषय प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामो सयमदेखि प्रहरीको फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद राईलाई प्रहरीले शनिबार काठमाडौँबाट पक्राउ गरेको थियो। सांसद पक्राउ परे सभामुखलाई जानकारी गराउने परंपरा छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर राईलाई काठमाडौँ उपत्यका अपराध […]

आज लोकतन्त्र दिवस- “जनताले जितेको दिन”

आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । iPhone 16 Series EMI Plans सात राजनीतिक […]

सरकारले आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाे प्रचण्डकाे आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न नसकेको बताएका छन् । उनले शिक्षामन्त्रीको राजीनामापछि सरकार थप अनुदाररुपमा प्रस्तुत हुनेतर्फ अघि बढेको आरोप लगाए । अध्यक्ष दाहालले सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाले अब संसद्‌बाटै सम्बोधनका लागि भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए । बिहीबार बसेको पार्टीको संसदीय […]

प्रधानमन्त्री ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी कार्लोसको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएकाहुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए […]

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन ‘हेर्न नमिल्ने’

वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै […]

ओलीको ‘सेप’बाट उम्किन सके ‘कम्युनिस्ट कमान्ड’ लिने दाउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई सक्रिय राजनीतिमा भित्र्याएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्काउन जोडबल गरिरहेका छन् । पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर नजिर बसाएका उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन प्रोत्साहित गरेका हुन् । सक्रिय राजनीतिमा फर्किन एमालेको दसौँ महाधिवेशन कुरिरहेकी भण्डारीलाई प्रोत्साहन […]

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला असत्य हो : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले […]

रवि लामिछानेको न्यायाका लागि रास्वपा पुग्यो मानव अधिकार आयोग

। सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको न्यायका लागि उनकै पार्टी मानव अधिकार आयोगमा पुगेर ध्यानाकर्षण गराएको छ । सभापति लामिछाने रुपन्देहीको सुप्रीम सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान भएका छन् । बुधबार रास्वपाले सभापति लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको हो । […]

भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविको बसाईं

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । २ दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने सोमबार जिल्ला कारागार चलान भएका हुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस […]

हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका […]