Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘महाकालीपूर्वको भूभाग हाम्रो हो, नेपालको सार्वभौमिकता जोगाउन चीनले सहयोग गर्ने विश्वास छ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । ५ दिने चीन भ्रमणका क्रममा तियानजिन पुगेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमिलाई व्यापारिक नाका बनाउने गरी भएको सहमतिप्रति आपत्ति प्रकट गरेका हुन् ।

तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा शनिबार पुगेका प्रधानमन्त्री ओलीले तियानजिन स्टेट गेस्ट हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको विषय राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको सबै भूभाग नेपालको रहेको र नेपालको सार्वभौमिकता जोगाउने सवालमा चीनले सहयोग गर्नेमा आफू विश्वस्त रहेको ओलीको भनाइ थियो ।

‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वको सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै राईले भने, ‘नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।’ जबाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको परराष्ट्र सचिव राईले जानकारी दिए । सौहाद्र्रपूर्ण र द्विपक्षीय भेटका अवसरमा २ देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीको हैसियतमा यो चौथो औपचारिक चीन भ्रमण हो भने यो एकै वर्ष (अंग्रेजी वर्ष) मा दोस्रो हो । द्विपक्षीय भेटमा पूर्वउपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, संस्कृतिमन्त्री बद्री पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. खतिवडा, सांसद छविलाल विश्वकर्मा र सचिव राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सोङलगायत सहभागी थिए ।

बिआरआईअन्तर्गतका योजनालाई गति दिने विषयमा छलफल

द्विपक्षीय भेटवार्ताका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संशाधन विकास, जलवायु परिवर्तन अनुकूलन र जनता–जनता सम्बन्धमा सहयोगका लागि अनुरोध गरे । जबाफमा सीले ‘एक चीन नीति’ को दृढ समर्थन गरेकामा नेपाललाई धन्यवाद दिँदै बिआरआई परियोजना कार्यान्वयनमार्फत् नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले चीन र भारतबीच थप नाका सञ्चालन गर्न चीन सकारात्मक रहेको र नेपालको निर्यात बढाउन गुणस्तरीय एवं व्यावसायिक कृषि उत्पादनमा सघाउन पनि तत्पर रहेको बताएका छन् ।

एससिओको सदस्यता दिलाउन आग्रह

यसैबीच, प्रधानमन्त्री ओलीले नेपाललाई एससिओको पूर्ण सदस्यता दिलाउन समर्थन गर्न आग्रह गरेका छन् । एससिओ शिखर सम्मेलनको सफलताको शुभकामना दिँदै ओलीले नेपाललाई एससिओमा सदस्यता दिलाउन चीनको समर्थनका लागि आग्रह गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले संयुक्त राष्ट्रसंघ र एसिओसहितका बहुपक्षीय मञ्चमार्फत् नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनले दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तमा आधारित रहेकाले समस्यामुक्त रहेको बताएको नेपाली राजदूतावासले जनाएको छ । भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न नेपाललाई सहयोग गर्न चीन तत्पर रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • ६ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved