समृद्ध नेपाल बनाउने अभिभारा युवाहरुको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरुको काँधमा आइसकेको बताएका छन् । अन्तराष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए […]

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो, दिदीबहिनीलाई धन्यवाद ! ।’ श्रावण […]

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष लिम्बुननको ‘साइडलाइन भेट’

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

२१ साउन, काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको […]

ट्रम्पको धम्कीपछि पनि भारतले रुसबाट तेल खरिद जारी राख्ने

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध स्थिर र समयद्वारा परीक्षित भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्न नहुने बताएको छ । शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र […]

द्वन्द्वका कारण थाइल्यान्डले गर्यो कम्बोडियासँगको सीमा बन्द

बैंकक । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको नागरिक लक्षित आक्रमणमा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ । सामाजिक सञ्जालमा उपरक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । […]

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमालेको निर्णयपछि नयाँ संकल्प गर्न थापाकाे आह्वान

काठमाडौँ । एमाले नेता तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा नयाँ संकल्पका लागि आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेसँगै थापाले यस्तो आव्हान गरेका हुन् । उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न […]

न्याय परिषद् बैठक आज

काठमाडौँ । न्याय परिषद्को बैठक आज आइतबार बस्दै छ । न्यायाधीश नियुक्ति र सरुवाका विषयमा निर्णयविहीन भएको र एकजना न्याय परिषद्का सदस्य पनि विदेश भ्रमणमा रहेका बेला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन् । स्रोतका अनुसार, विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन् । […]

एमालेको विधान महाधिवेशन तयारी : आज पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले को पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् । विधान महाधिवेशनपूर्व यही साउन ५ […]

आज एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता घोषणा हुँदै

काठमाडौं । आज शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकता घोषणा हुँदै छ । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको एकीकृत समाजवादीका सचिव गणेश विकेले जानकारी दिए । एकताका लागि दुवै पार्टीका शीर्षनेताले यसअघि नै समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । […]