Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पूर्वराष्ट्रपति भण्डारीले थालिन् विधान महाधिवेशन केन्द्रित गतिविधि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरमा कार्यालय खोलेर राजनीतिक गतिविधिमा सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विधान महाधिवेशन केन्द्रित रणनीति बनाउन सुरु गरेकी छिन् । गत बिहीबार नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालय’ उद्घाटन गरेसँगै उनले नेता, कार्यकर्ताहरूसँगको सामूहिक र एक्लाएक्लै भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

भण्डारी निकट नेताहरूका अनुसार आफ्नो नेटवर्क देशभर विस्तार गर्न तथा एमालेका नेता/कार्यकर्ताहरूलाई आफूतिर तान्न विभिन्न योजनामा उनले काम गरिरहेकी छिन् । कार्यालय स्थापनापछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको साथ पाएकी भण्डारीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको साथ र समर्थन बढाउन लागिपरेकी छिन् । स्थायी कमिटीमा कर्ण थापा उनको पक्षमा खुलेर लागेका छन् भने पोलिटब्युरोमा आइपुग्दा गोकुल बाँस्कोटा थपिएका छन् ।

पार्टीमा प्रतिबन्ध नै लाग्ने अवस्थाको पूर्वानुमान नगरेको भण्डारी पक्ष गत नवौँ केन्द्रीय कमिटी बैठकमा कमजोर रूपमा प्रस्तुत भएको थियो । अध्यक्ष केपी शर्मा ओलीसँग लडेर होइन, मागेरै लिने रणनीतिमा अघि बढेको भण्डारी पक्षले सदस्यता खारेजी र सक्रिय राजनीतिमा प्रतिबन्ध नै लगाउने तहको संस्थागत निर्णयको सामना गर्नुपर्यो । अब भने संगठित रूपमा अघि बढ्ने र सामूहिक निर्णयका आधारमा अघि बढ्ने गरी भण्डारी पक्ष तयारी अवस्थामा देखिएको छ ।

एक नेताका अनुसार पछिल्ला छलफलहरू नेता, कार्यकर्ताहरूलाई कसरी आफूतिर खुलाउन सकिन्छ र खुल्ने कार्यकर्ताहरूको कसरी रक्षा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएको छ । ‘कार्यकर्ताहरूको गुनासो सुन्ने र उनीहरूको भविष्यको ग्यारेन्टी गर्ने प्रतिबद्धतासहित भण्डारी पक्षमा नेता, कार्यकर्ताहरूलाई खुलाउन लागिएको छ,’ ती नेताले भने, ‘७७ जिल्लामै टिम विस्तार भइसकेपछि हामी निर्णायक धक्का दिन्छौँ । विधान महाधिवेशनसम्म आइपुग्दा नवौँ केन्द्रीय कमिटीको निर्णय खारेज हुन्छ ।’

केन्द्रीय कमिटीमा सामूहिक प्रतिवादको तयारी

एमालेले २०–२२ भदौमा ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन बोलाएको छ । ५ र ६ साउनमा केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे पार्टीका तल्ला कमिटीहरूसँग सुझाव माग गर्दै १० भदौसम्म पठाउन निर्देशन गरिएको थियो । खास गरी उक्त बैठकले ७० बर्से उमेर हद हटाउन गरेको निर्णयमा सोही प्रकारको सुझाव दिन भन्दै निर्देशन दिइएको थियो । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीको विषय पनि समाधान गरिएको भन्दै उक्त विषयमा थप छलफल र बहस नगर्न निर्देशन गरिएको थियो ।

यद्यपि, निर्देशनको अवज्ञा गर्दै भण्डारीको पक्षमा छलफल, बहसहरू भने भइरहेका छन् । भण्डारीको कार्यालय स्थापना होस् अथवा महिला नेतृहरूलाई बोलाएर तिजको दर खुवाउने कार्यक्रममा नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ । खुला र स्पष्ट रूपमा भण्डारी संस्थापन पक्षको विरुद्धमा देखिएपछि आफू पक्षीय नेता, कार्यकर्ताहरूलाई पनि उभ्याउन लागिएको छ । यसका लागि आगामी केन्द्रीय कमिटी बैठकमा ‘डेमो’ देखाएर अघि बढ्ने तयारी भएको जनाइएको छ । ‘केन्द्रीय कमिटी बैठकमा सशक्त र सामूहिक प्रतिवाद हुन्छ,’ एक नेताले भने, ‘संगठित रूपमा भण्डारीको पक्षमा बोलिनेछ ।’

कार्यालय खोलेर पार्टीविरुद्ध लागेको अध्यक्ष ओलीको आरोप

एमाले अध्यक्ष ओलीले भण्डारीले पार्टीमा समस्या खडा गरेको बताइरहेका छन् । भण्डारीविरुद्ध आगो ओकलिरहेका उनले गत शुक्रबार पनि एक सार्वजनिक कार्यक्रममार्फत् उनले फर्किएर पार्टीमा समस्या खडा गर्ने कल्पना नगरेको बताए । ‘उहाँ आएर पार्टीमा सहयोग पुग्नुपर्ने, पार्टीको एकतामा उहाँले बल पुर्याउनुपर्ने,’ उनले भने, ‘पार्टीमा सधैँ असन्तुष्ट, पार्टीको पक्षमा नबोल्ने, पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू, असन्तुष्ट भएका मान्छेहरूलाई भेला गरेर, असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नुभएको छ ।’ उनले कार्यालय नै खोलेर राजनीतिक गतिविधिमा लागेकोप्रति पनि आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • २ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved