Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

तोडफोड गर्नेलाई कारवाही गर्न नवलपुरका जनप्रतिनिधिको माग

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

नवलपुर, असोज १२ । नवलपुरका जनप्रतिनिधिले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी हमला गरी व्यक्तिका नीजि सम्पत्ति, पार्टी कार्यालय र सरकारी सम्पत्ति तोडफोड गरी तहसनहस गरेको भन्दै छानविन गरेर दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले आन्दोलनका क्रममा प्रहरी प्रशासन नागरिकको जिउधनको सुरक्षा गर्न छाडेर भागेको आरोप लगाउनुभयो ।

नेकपा ९एमाले० का जिल्ला अध्यक्ष जीवन श्रेष्ठले नेपाली कांग्रेस र एमालेका नेता र जनप्रतिनिधिहरुको घर र पार्टी कार्यालयमा छानी हमला हुँदा पनि प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै घटनाको छानविन गर्न माग गर्नुभयो ।

ज्ञापनपत्र बुझेपछि प्रजिअ पाण्डेले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन भइसकेकाले सम्पूर्ण काम अव त्यही आयोगको सुझावका आधारमा हुने बताउनुभयो । उहाँले आन्दोलनमा क्षति गर्नेहरु वास्तविक जेनजी नभएर घुसपैठ भएको र जिल्लामा भएको क्षतिका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा नीजि आवास भवन २० वटा, तीन वटा पालिका र ६ वटा वडासहित नौ वटा स्थानीय तहका भवन, कांग्रेस, एमाले, माओवादी र रास्वपाका पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, मौलकालिका केवल कारसहित व्यवशायिक भवन दुई वटा, सामाजिक विकास कार्यालयको भवन एउटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको छ ।

त्यसैगरी ४३ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको छ । यो तोडफोडबाट ५८ करोडको आर्थिक नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । जसमध्ये मौलाकालिका केवल कारमा तोडफोड हुँदा ४० करोड र अन्य सरकारी र नीजि सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट १८ करोडको नोक्सान भएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • ११ घण्टा अगाडि

frapapa olympus of luck

  • ११ घण्टा अगाडि

Easybet

  • ११ घण्टा अगाडि

volcano slot

  • ११ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved