Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महाधिवेशनको तयारीका लागि काँग्रेसले गर्‍यो ६ निर्णय

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काँग्रेसले १४ औं महाधिवेशन तयारीका सन्दर्भमा ६ वटा निर्णय गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि ६ वटा निर्णय गरेको हो ।

बैठकले काँग्रेस निर्वाचन समितिद्वारा कार्तिक ११ मा प्रकाशित संशोधित कार्यतालिका अनुमोदन गरेको छ । साथै बैठकले तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताले प्रदेश कार्यसमितिको सदस्य र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महानगर/उपमहानगरपालिका कार्यसमितिको सभापति पदमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी ६ वटा निर्णय गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क दुई हजार बुझाउनु पर्ने निर्णय गरेको छ । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क तीन हजार बुझाउनु पर्नेछ ।​

यस्ता छन् निर्णय

१. पार्टीको चौधौं महाधिवेशन सम्बन्धी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा कार्तिक २०७८ ११ प्रकाशित संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने ।

२. समावेशी समूहतर्फ वडादेखि जिल्ला तहसम्म नै अधिकतम समुहको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफलमा भएको सहमति अनुसार सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको सिफारिसमा २०७८ भाद्र १७ गते र असोज ८ गते समावेशी समुहतर्फको प्रतिनिधित्व सम्बन्धी थप गरी लागु गरिएको व्यवस्थालाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने गरी स्वीकृत गर्ने ।

३. चौधौं महाधिवेशनमा नवीकरण गरेका नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भई क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले प्रदेश कार्यसमितिको सदस्य र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महानगरपालिका/उपमहानगरपालिका कार्यसमितिको सभापति पदमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने, पहिलो पटक क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिको अवधि पाँच वर्ष पुगेको गणना गर्ने र सोही अनुसार गर्न गराउन केन्द्रीय निर्वाचन समितिलाई लिखित जानकारी गराउने ।

उपरोक्त व्यवस्थालाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

४. विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी

१. पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, वेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानडा स्थित नेपाली जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने ।

२. नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन विधान बमोजिम योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गर्ने ।

३. नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गर्ने ।

४. क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेबी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ता भित्र पठाउन निर्देश गर्ने ।

५. अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरुबाट प्राप्त प्रतिवेदन अनुसार पार्टीको चौधौं महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलव्ध गराउने ।

६. यूरोपस्थित अष्ट्रीया देशमा बसोवास गर्ने १११ जना नेपालीहरुको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आबद्धताका लागि हस्ताक्षर सहितको उपस्थितिको प्रतिलिपि, विधानको मस्यौदा लगायतका आवश्यक कागजात पेश हुन आएकोले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रीयालाई आबद्धता प्रदान गर्ने ।

५. चौधौं महाधिवेशनसँग सम्बन्धित समितिहरु

नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि केन्द्रमा देहाय बमोजिमका समितिहरुको गठन गर्ने –

१. महाधिवेशन तयारी मूल समिति

संयोजक – सभापति श्री शेरबहादुर देउवा

सदस्यहरु – केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमन्त्रीत केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरु

२. अर्थ संकलन समिति –

संयोजक – केन्द्रीय सदस्य मा।.ज्ञानेन्द्रबहादुर कार्की
सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

३. भोजन तथा आवास व्यवस्थापन समिति

संयोजक – केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

४. विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति

संयोजक – सहमहामन्त्री डा. प्रकाशशरण महत

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

५. प्रचार प्रसार समिति

संयोजक : प्रवक्ता विश्वप्रकाश शर्मा

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

६. उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति

संयोजक – काठमाण्डौ जिल्ला सभापति

सदस्य : ललितपुर र भक्तपुर जिल्ला सभापति

(संयोजकले आवश्यकता अनुसार अन्य सदस्य तोक्ने)

७. स्वास्थ्य समिति

संयोजक – केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

८. सांस्कृतिक समिति

संयोजक – केन्द्रीय सदस्य सीता गुरुङ्ग

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

९. स्वयंसेवक व्यवस्थापन समिति

संयोजक – नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना

सदस्य – संयोजकले आवश्यकता अनुसार तोक्ने

केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु. ३,००० (तीन हजार) बुझाउनु पर्नेछ ।

६. प्रदेश अधिवेशनसँग सम्बन्धित समिति

मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम

प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने –

प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला

प्रदेश नं. २, जनकपुर – संयोजक – केन्द्रीय सदस्य रमेश रिजाल

बाग्मती प्रदेश, हेटौडा – संयोजक – केन्द्रीय सदस्य मा. प्रकाशमान सिंह

गण्डकी प्रदेश, पोखरा – संयोजक – केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ

लुम्बिनी प्रदेश, बुटवल –संयोजक – केन्द्रीय सदस्य मा. बालकृष्ण खाँण

कर्णाली प्रदेश, सुर्खेत – संयोजक – केन्द्रीय सदस्य मा. जीवनबहादुर शाही

सुदूरपश्चिम प्रदेश, धनगढी – संयोजक – केन्द्रीय सदस्य मा. दिलेन्द्रप्रसाद बडू

– प्रदेश अधिवेशन आयोजक समितिका सदस्यहरु : सम्बन्धित प्रदेश भित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरू, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ।

– आयोजक समितिको संयोजकको अध्यक्षतामा प्रदेश अधिवेशन उद्घाटन समारोह हुनेछ ।

– प्रदेश अधिवेशनका प्रतिनिधिहरुको आवास र भोजनको व्यवस्थापन प्रदेश अधिवेशन आयोजना हुने जिल्लाले गर्नेछ ।

यसका लागि प्रदेश अधिवेशन आयोजक समितिले आवश्यक सहयोग गर्नु पर्नेछ ।

– प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु २,००० (दुई हजार) बुझाउनु पर्नेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १३ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved