Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रदेशको नामाकरण चाँडै टुंगो लाग्छः मुख्यमन्त्री राई

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्।

बिहीबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्।

अघिल्लो सरकारले शुरू गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए।

‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरूलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ, त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरू खोजेर ठूलो बनाउने प्रयास गर्छौं’, मुख्यमन्त्री राईले भने, ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्न योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदलाई निरिह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसदहरू बलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरु गर्नेछौँ।’

उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताए।

‘अघिल्लो सरकारले प्रदेशको नाम नामाकरण गर्न सकेन भन्दा पनि प्रयास नै गरेन, यदी प्रयास गरेको थियो भने नेकपा हुँदा आफैंमा दुई तिहाई सांसदहरु थिए, नाम तयार गर्न सक्छ तर त्यसलाई औपचारिक रुपमा छलफल गर्ने, संसदमा प्रवेश गराउने, काम नै गरेन’, मुख्य मन्त्री राईले भने, ‘म यो तिहारपछि संसद शुरू भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु र यसका लागि खास गरी दुई तिहाईको जरुरत पर्छ, त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरुसँग पनि म सौहाद्रपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए। उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए।

‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, कार्यान्वयन हुन सकेको छैन, अहिले पनि एक हिसावले भन्ने हो भने केन्द्रियता नै केन्द्रिय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ, यसले अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन’,मुख्यमन्त्री राईले भने।

मुख्यमन्त्री राईले केन्द्रिय सरकारसँग ऋण लिएर भए पनि जनहीतका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने दाबी गरे। उनले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताए।

‘बजेट जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो, तर सानातिना दुई/चार लाख, १० लाखका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ’, उनले भने, ‘केन्द्रबाट ऋण लिएर भए पनि काम जन अपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ, बजेटको दुरुपयोग पनि छ, चुहावट छ, भ्रष्टाचार हुन्छ, गर्नुपर्ने काममा पैसा नलगाउने, नगर्नुपर्ने काममा पैसा उडाउने यस्तो कुरालाई म हटाएर बजेट ठूलो बनाएर भएको बजेटलाई सही ढंगले सदुपयोग गर्ने ढंगले अघि बढ्छु।’

मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाले भ्रष्टाचार गरेको जिकिर गरे।उनले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै ऐन, कानून बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने बताए।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved