नजिकिए देउवा–सिटौला

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।   सिटौलाको साथ […]

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रदेशका पदाधिकारीमा उम्मेदवारी दिनेले चर्को शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले उमेदवारको चर्को शुल्क तोकेर उम्मेदवार बन्न चाहनेलाई रोकेको भन्दै नेता कार्यकर्ताले आलोचना समेत गरेका छन् । प्रदेशमा सभापति पदमा उम्मेदवारी दिन चाहने ९१ हजार शुल्क बुझाउनुपर्नेछ । काँग्रेसको केन्द्रले सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकेको भएपनि गण्डकीमा भने […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम […]

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् । केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ । […]

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको […]

माधव नेपाल भन्छन् : चितवनको तमासा नै पर्याप्त छ

१३ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको टिप्पणी गरेका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको र जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए । एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट भएर आफूहरुले […]

एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

१३ मंसिर, चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा […]

नेकपा माओवादी केन्द्र देवचुलीको नगर अधिवेशनको बन्द सत्र स्थगित

नेकपा माओवादी केन्द्र देवचुलीको नगर अधिवेशनको उद्घाटन सत्र हिजाे सम्पन्न भएको छ भने बन्द सत्र स्थगित भएको छ । निर्वाचन मण्डलको तयारी नपुगेकोले बन्द सत्र स्थगित गरिएको माओवादी केन्द्र देवचुलीको अध्यक्ष प्रेमा खनालले अनलाइन सेरोफेरोलाई बताएकी छन् ।   कार्यक्रमका अध्यक्ष समेत रहनुभएकी खनालले आजको अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले उद्घाटन गरेको बताएकी […]

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो। त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए । […]

कांग्रेस नवलपुर जिल्ला अधिवेशन मंसिर १९ र २० मा हुने

नवलपुर-नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन मंसिर १९ गते हुने भएको छ । मंसिर १० र ११ मा हुने भनिएको जिल्ला अधिवेशनको आवश्यक तयारी नसकिएको भन्दै अधिवेशन मंसिर १९ गतेलाई सारिएको नेपाली काङ्ग्रेस नवलपुरका सहायक जिल्ला निर्वाचन अधिकृत चुडामणी शर्मा कंडेलले बताए । नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार मंसिर १९ गते मनोनयन र २० गते मतदान […]