ईश्वर पोखरेल : शक्ति चिन्ने, चुनौती नलिने

२६ कात्तिक, काठमाडौं । असोजमा विधान महाधिवेशन गरेको नेकपा एमालेको मंसिर १०-१२ मा हुने १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुँदैछ । तर अध्यक्षमा भने केपी शर्मा ओली नै दोहोरिने लगभग निश्चित जस्तै देखिएको छ । १० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भूसालले अध्यक्षमा उम्मेदवारी दिने नदिने टुंगो लागिसकेको […]
प्रधानन्याधीश जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू पक्राउ

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । वकिल […]
राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति, प्रधानन्यायाधीशको विषय प्रवेश नै गरेन

२२ कात्तिक, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले प्रवेश नै नपाएको नेताहरुले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । दलहरुको मौनताबारे प्रश्न […]
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ। वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन […]
प्रदेशको नामाकरण चाँडै टुंगो लाग्छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्। अघिल्लो सरकारले शुरू गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने […]
१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झण्डै चार महीनादेखि अनसन जारी छ । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका हुन् । उनीहरु १०७ दिनदेखि अनसनमा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन । शनिबार तिहारका दिन […]
नवनियुक्त मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तारमा सकस

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस हुने देखिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार बन्ने भए पनि कुन दलबाट कति मन्त्री बनाउने भन्नेबारे सहमति भइनसक्दा मुख्यमन्त्री शाहीले तिहारपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री शाहीले गत मंगलबार पद तथा गोपनीयताका शपथ लिएका […]
आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना […]
चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला […]
सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् । दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी […]