लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ । बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका […]

सभापतिमा अझै आठ आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् । यस्तै, नेता कल्याण गुरुङको […]

२०४६ सालदेखि निरन्तर अध्यक्ष

पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ। माओवादीबाट वैद्य, गजुरेल, बाबुराम […]

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा […]

कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ : गगन थापा

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए ।   नेता थापाले नौ […]

कोइरालामा आउला कांग्रेस नेतृत्व?

हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब […]

काँग्रेस महाधिवेशनमा २ सय ९३ वटा बुथबाट मतदान हुने

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए । यही मंसिर २४–२७ मा हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु […]

एमालेकै बाटोमा माओवादी

नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको […]

कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन । नेपाली कांग्रेसको विधानले व्यवस्था गरे बमोजिम दुई जना प्रदेश महामन्त्रीमा लामिछाने सहित किरणबाबु श्रेष्ठ निर्वातिच भएका हुन । २ वटा महामन्त्री पदको लागी […]

र्‍यालीमा राजेन्द्र लिङ्देनसँगै देखिए बिक्रम पाण्डे

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार बिक्रम पाण्डे अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको जुलुसमा सहभागी भएका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । नेता पाण्डेलाई दुबै पक्षले आफ्नो प्यानलको उपाध्यक्षको उम्मेदवार भन्दै आएका छन् । तर शुक्रबार दिउँसो उनी लिङ्देनको […]