प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्मानित

देवचुली , देवचुलीको प्रगतिनगरमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सम्मानित भएको छ । खानेपानी तथा ढल ब्यबस्थापन बिभागले ५०औं स्थापना दिवस (स्वर्ण महोत्सब ) को अवसरमा यस संस्थालाई सम्मान गरेको हो। ‘बानेपानी खानेपानी तथा ढल यापन विभाग ३० औ पना दिवस ‘ मुलुकभर रहेका खानेपानी संस्थाहरु मध्ये बाट यस संस्थाले सुरक्षित खानेपानी आपूर्ति, […]

नेपाली काङ्ग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १(ख) मा मतदान सम्पन्न

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं १ (ख) को मतदान सम्पन्न भएको छ। बिहान साढे आठ बजेबाट सुरुभएको मतदान दिउँसो २ बजे सकिएको हो। कुल ५ सय ६८ मतादाता रहेकोमा ५ सय ६२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत सुभाष भुसालले जानकारी दिनुभयो। भुसालका अनुसार करिव ४ बजेबाट मतगणना सुरु हुनेछ।  

चितवनमा महाधिवेशन राखेर प्रचण्डलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।   ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, […]

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।   वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, […]

देउवालाई फेरि नेतृत्वमा दोहोरिन सहज होला ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।   संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। […]

महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए । उनले अनलाइनखबरसँग […]

कास्की काँग्रेसले तोक्यो मतदानस्थल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए । उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, […]

महाधिवेशनको तयारीका लागि काँग्रेसले गर्‍यो ६ निर्णय

नेपाली काँग्रेसले १४ औं महाधिवेशन तयारीका सन्दर्भमा ६ वटा निर्णय गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि ६ वटा निर्णय गरेको हो । बैठकले काँग्रेस निर्वाचन समितिद्वारा कार्तिक ११ मा प्रकाशित संशोधित कार्यतालिका अनुमोदन गरेको छ । साथै बैठकले तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताले […]

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी […]

काँग्रेसका परम्परागत गुट भत्किँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् । पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका […]