माओवादीको कार्यक्रममा काँग्रेसका कार्यकर्ता प्रवेश गरेपछि…

सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो […]

अनि पौडेल रोए…

गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा। केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला।’ पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका […]

कांग्रेस सभापतिका लागि चारजनाको मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ । बहालबाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले चुनौति दिएका हुन् । देउवा र कोइरालाले प्यानलसहित चुनाल लड्दैछन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले […]

काँग्रेसलाई सुदृढ र एकतावद्ध गर्न मेरो उम्मेदवारी : गच्छदार

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका विजयकुमार गच्छदारले पार्टीलाई सुदृढ र एकतावद्ध गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएको र आफूले संस्थापन पक्षकै टिमबाट उपसभापति पदमा उम्मेदवारी दिएको भन्दै आफू विजयी भएमा पार्टीलाई बलियो, सुदृढ र लोकप्रिय बनाउन […]

काँग्रेस महाधिवेशन : गण्डकीबाट को–को छन् आकांक्षी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय […]

कांग्रेसको मञ्चमा ओली र प्रचण्डको हार्दिकता

२४ मंसिर, काठमाडौं । संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन । उनीहरुले संसद विघटनयता मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे । तर […]

काँग्रेस महाधिवेशनको अंकगणितमा निर्णायक सिटौला

१३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो । प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला […]

ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !

नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए […]

कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी […]

महाधिवेशन प्रतिनिधि भन्छन्– गुटरहित काँग्रेस बनाउने नेतृत्व आउनुपर्छ

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ । पटक पटक सर्दै २४ देखि २६ मंसिरमा हुन लागेको महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौंमा पुग्ने क्रम जारी छ । यही क्रममा तनहुँबाट पनि महाधिवेशनमा ५३ जना प्रतिनिधि सहभागी हुँदै छन् । तीमध्ये केही हप्ता दिन अगाडि नै काठमाडौं पुगिसकेका छन् भने केही आज […]