Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन ।

मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।

माओवादीको सबै पालिका कमिटीमा नेतृत्वका लागि एकभन्दा बढीको दाबी छ । पार्टीले सर्वसम्मत नेतृत्व चयनलाई पहिलो प्राथमिकतामा राखे पनि कसैले पनि आफ्नो दाबी नछाड्दा सहमति बन्न सकेको छैन । नेतृत्व चयन हुन बाँकी पालिकामा पालिका कमिटीका सदस्यहरूको टुङ्गो लागे पनि अध्यक्ष र पदाधिकारी चयन बाँकी छ ।

माओवादीका जिल्ला संयोजक बखानसिंह गुरुङले नेतृत्व चयन हुन बाँकी पालिकाका अध्यक्षलगायत पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास जारी रहेको बताए । मङ्सिर २५ गते हुने प्रदेश अधिवेशनअघि सबै पालिकामा नेतृत्व चयन गरिसक्ने लक्ष्यअनुसार आकाङ्क्षीहरूका बीचमा बसेर छलफल गरिएको र निचोडमा पुग्ने दाबी उनले गरे ।

पोखरा महानगरको बुधबार कमिटीको बैठक बसेर नेतृत्व चयनको प्रयास गरिने माओवादीले जनाएको छ । माछापुच्छ्रे र अन्नपूर्णमा पनि छिट्टै प्रक्रियामा लगिने बताइन्छ । नेतृत्वका आकाङ्क्षीहरूले आफ्नो दलिल पेश गर्नु जायज रहे पनि लचकता अपनाउन पार्टीले आग्रह गरेको संयोजक गुरुङले बताए।

नेतृत्वका आकाङ्क्षीहरूले भने लामो समय पार्टी कमिटीलाई अनिर्णको बन्दी नबनाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । माछापुच्छ्रे गाउँ कमिटीमा अध्यक्षका आकाङ्क्षी सुनिल दाहालले छिटो निर्वाचन प्रक्रिया सम्पन्न गर्न आग्रह गरे। लामो समय नेतृत्व टुङ्गो नलाग्दा नेता, कार्यकर्तामा उत्साह कम हुँदै जाने भएकाले छिटो गर्न भनिएको उनले बताए । पालिका अधिवेशनअन्तर्गत माओवादीले जिल्लाको मादी गाउँपालिकामा तोरण गुरुङ, रुपामा नवराज बराल र मजदुर विशेष शाखामा टङ्क पौडेलेका अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

आगामी पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा र पालिका अधिवेशन सम्पन्न गरेको छ । यही मङ्सिर २५ गते माओवादीले देशका सातवटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्न लागेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved