Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कोइरालामा आउला कांग्रेस नेतृत्व?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन।

त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब का।स।ले प्रमज्यूलाई आफ्ना अरू साथीहरूसहित सरकारबाट राजीनामा दिन आदेश दिन्छ।’ नेपाली कांग्रेसको २००९ साउन ६ गते बसेको कार्यसमितिको निर्णय हो यो। त्यति बेला नेपाली कांग्रेसका सभापति बिपी कोइराला थिए भने प्रधानमन्त्रीमा दाजु मातृकाप्रसाद कोइराला।

दाजुभाइबीचको शक्ति संघर्षको होडले बिपी कोइरालाले मातृकालाई सरकारबाट मात्र फिर्ता बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी हटाइदिए। बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको इन्डियन नेसनले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठूलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन,अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त हानिकारक सिद्ध हुन्छ।’ ग्रीष्मबहादुर देवकोटाद्वारा लेखिएको ‘नेपालको राजनीतिक दर्पण’ पुस्तकले यो विषय समेटेको छ।

भाइ फुटे गवार लुटे भनेजस्तै बिपी र मातृकाको शक्ति संघर्षले स्थापनाको छोटो समयमै कांग्रेस विभाजन हुन पुग्यो भने १ सय ४ वर्ष लामो राणाशासन अन्त्यसँगै स्थापना भएको प्रजातन्त्र धर्मराउन पुग्यो। राजा त्रिभुवनले संविधानसभा निर्वाचन टार्दै गए। २०१५ सालमा अनेकौं दबाबपछि मात्र अर्का राजा महेन्द्रले आम निर्वाचन गराए। तर, त्यसपछि उनले २०१७ पुस १ गते आफ्नो हातमा सत्ता लिए। मातृका र बिपी कृष्णप्रसाद कोइरालाका दुई पत्नी मोहनकुमारी र दिव्याका सन्तान हुन्। दिव्यातर्फ बिपीका साथै अरू तीन छोरा केशवप्रसाद,तारिणी र गिरिजाप्रसाद हुन्।

बिपी र मातृकाबीचको झगडाका कारण पार्टीले विभाजन बेहोरेको झन्डै ७० वर्षपछि यतिखेर कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न तम्सिएको छ। १३औं महाधिवेशनको सम्मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट बाहिर परेको कोइराला परिवार १४औं महाधिवेशनमा नेतृत्वमा पुग्ने कसरतमा छ। यो समाचारनागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ९ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ९ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved