Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काँग्रेस महाधिवेशन : गण्डकीबाट को–को छन् आकांक्षी ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई सशक्त र मजबुत बनाउन केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । त्यसैगरी काँग्रेसका प्रभावशाली नेता तथा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले काँग्रेसको गौरवपूर्ण इतिहास र विरासतको संरक्षण गर्दै नयाँ पुस्तालाई समेत आकर्षण गर्न उम्मेदवारी दिएको बताए । उनी कास्की कांग्रेसमा सचिव, उपसभापति हुँदै २०६१ देखि लगातार ११ वर्ष जिल्ला सभापतिको नेतृत्व गरिसकेका छन् ।

थापा ०७० मा कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित भई संविधान सभा सदस्य बनेका थिए । त्यसपछि उनी कानुन मन्त्री बनेका थिए । त्यसैगरी काँग्रेस नेतृ लक्ष्मी पाण्डेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । महाधिवेशनका लागि उनी कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । पाण्डे तीन दशकदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छिन् ।

उनी कास्की काँग्रेसको निवर्तमान कोषाध्यक्ष र देशभरीका काँग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव समेत हुन् । उनले महिला संघ कास्कीको पनि नेतृत्व सम्हालेकी थिइन् । त्यसैगरी कास्कीका जीवन परियारले केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी कास्की काँग्रसका नेता तथा पूर्व जिल्ला विकास समितिका सभापति महादेब गुरुङले पनि केन्दीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । त्यसैगरी काँग्रेस कास्कीकी नेतृ माया बराल, ,सोभियतबहादुर अधिकारी, देवराज चालिसे, विन्दुकुमार थापा पनि केन्द्रीय सदस्यका दावेदार हुन् । त्यसैगरी नेता गुरु बरालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कास्कीकै निर्मल कर्माचार्य, वीरेन्द्रनारायण विजुक्छे र ऋषि काफ्ले पनि केन्द्रीय सदस्यका दावेदार रहेका छन् ।

तनहुँबाट प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरेका छन् । त्यसैगरी गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी रहेका हुन् । गण्डकीका विना विभागीय मन्त्री रहेका तनहुँका डोबाटे विश्वकर्मा, ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, रामचन्द्र पोख्रेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन बताएका छन् ।

त्यस्तै स्याङ्जाका धनराज गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन । स्याङ्जाबाट कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठले पनि पदाधिकारीमा दावेदारी गरेका छन् । पर्वतका नवराज गुरुङले आदिवासी–जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यसैगरी बागलुङबाट गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र तत्कालीन संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छिन् । युवा नेता डिल्लीराम सुवेदी र अर्जुन शेरचनले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । अर्का नेता टेकराज पौडेलले पनि केन्द्रीय सदस्यका लागि आकांक्षी छन् । बागलुङकै दक्ष पौडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

त्यसैगरी विनोद चौधरी, विष्णुदेवी पाण्डे, विष्णुकुमार कार्की, ओमबहादुर घर्ती मगर,शंकर तिवारी,सीता पाण्डेहरू पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् ।

त्यसैगरी मुस्ताङबाट केन्द्रीय समितिमा रोमी गौचन थकालीले समेत आकांक्षा देखाएको बुझिएको छ । त्यस्तै म्याग्दीबाट र लमजुङबाट समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइ रहेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved