Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महाधिवेशन प्रतिनिधि भन्छन्– गुटरहित काँग्रेस बनाउने नेतृत्व आउनुपर्छ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ । पटक पटक सर्दै २४ देखि २६ मंसिरमा हुन लागेको महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौंमा पुग्ने क्रम जारी छ । यही क्रममा तनहुँबाट पनि महाधिवेशनमा ५३ जना प्रतिनिधि सहभागी हुँदै छन् । तीमध्ये केही हप्ता दिन अगाडि नै काठमाडौं पुगिसकेका छन् भने केही आज साँझसम्म पुग्नेगरी बाटो लागेका छन् ।

१४ औँ महाधिवेशनमा सहभागी हुने तनहुँका प्रतिनिधिको एउटै मत छः यसपटक गुटरहित काँग्रेस बनाउने नेतृत्व चयन गर्नुपर्छ । गुटको राजनीतिले व्यक्तिलाई फाइदा भए पनि पार्टीले नोक्सानी व्यहोर्नु पर्ने उनीहरूको तर्क छ ।

सत्ता र पद भन्दा लोकतन्त्रको रक्षाको निम्ति काम गर्ने नेतृत्व काँग्रेसलाई आवश्यक रहेको जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि जितप्रकाश आले बताउँछन् । उनी भन्छन्, ‘यसपाली पदको मात्रै होइन आदर्श र विचारको राजनीति गर्न सक्षम नेतृत्व चयन गर्नेछौँ ।’ काँग्रेसमा राजनीतिक संस्कार नहुँदा गुटगत राजनीति हावी हुन थालेको उनको प्रतिक्रिया छ । गुटगत राजनीतिले पार्टीलाई कमजोर बनाउँदै लैजाने भएकाले अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

अर्का महाधिवेशन प्रतिनिधि प्राडा.कृष्णप्रसाद गौतम अनुशासनहिनताका कारण काँग्रेस जर्जर अवस्थामा पुगेकाले सुधार गर्ने नेतृत्व महाधिवेशनबाट आउने अपेक्षा राखेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको नेतृत्व नै गुटलाई प्रशय दिनेछ । कांग्रेसको हित भन्दा पनि आफ्नो गुटको स्वार्थमा बढी लाग्ने र सत्तालिप्त भएको कारणले कांग्रेस जर्जर अवस्थामा पुगेको हो । यसलाई सुधार गरेर गुटरहित काँग्रेस र अनुशासित कार्यकर्ता बनाउन सक्षम नेतृत्वलाई छनोट गर्नुपर्छ ।’ अब पार्टीको नेतृत्व युवा पुस्ताले हाँक्नु पर्ने उनले बताए । यसपालिको महाधिवेशनमा युवापुस्ताको बाहुल्यता रहेको कार्य समिति बनाएर अर्को पटक उमेर पुगेका बुढा नेतालाई बिदाई गर्नुपर्ने उनको धारणा छ ।

महाधिवेशन नीतिलाई नभएर नेतृत्व छान्ने थलोमा रुपान्तरण भएकोमा शान्तिरमण वाग्लेको चिन्ता छ । ‘नेतृत्व मात्रै छान्ने अधिवेशनका रुपमा अगाडि बढेको छ । निष्ठावान आदर्श र कर्तव्यनिष्ठ नेतृत्वलाई छान्नुपर्ने चुनौती छ’, उनले सुनाए । भावी नेतृत्व युवाले सम्हाल्ने भएकाले साथमा लिएर जानुपर्ने वाग्ले बताउँछन् । ‘युवासँगै अग्रजलाई पनि समेट्नुपर्छ । यसपालि तल्लो तहदेखि युवाको राम्रो उपस्थिति छ । युवा र अग्रज साथमा मिलेर लाग्ने हो भने कांग्रेस अझ शसक्त बन्ने निश्चित छ,’ उनले भने ।

यसपालिको महाधिवेशनले पदाधिकारीमा धेरै महिलालाई समेट्ने सरिता गुरुङको विश्वास छ । ‘महिला आरक्षण कोटामा मात्रै नभएर पदाधिकारीमा पनि महिला पुग्नुपर्छ,’ गुरुङले भनिन्, ‘महिला नेतृत्वमा पुग्न योग्य छन् । महिलाको योगदानलाई पार्टीले सही सम्मान दिने विश्वास लिएका छौँ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved