Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मेलम्ची खानेपानी आयोजना मर्मत फास्ट ट्र्याकबाट

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।

 

खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची आउनेमा आशंका छ । खानेपानी मन्त्रालयका अनुसार फास्ट ट्र्याकबाट मर्मत कार्य अगाडि नबढे मेलम्ची आयोजना सुधारको काममा ढिलाइ हुनेछ ।

झन्डै २ दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसनु सुरुवात भएको साता दिन नपुग्दै गत असार १ गते बाढीले क्षति पुगेको थियो । आयोजना क्षतिग्रस्त भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित बनेको छ । मन्त्रालयले तोकिएको समयमा पानी वितरण हुनेगरी आयोजना मर्मतको काम चाँडै सम्पन्न गर्न फस्ट ट्र्याकबाट अगाडि बढ्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भए पनि कुनै निर्णय भएको छैन ।

खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले आयोजना सुधारको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको बताए । “फास्ट ट्र्याकबाट आयोजना मर्मतको काम अगाडि बढाउन पर्छ, नभए कानुनी अड्चनहरु झल्नुपर्ने हुन्छ, सार्वजनिक खरिद ऐनले लगाएका बाधा अड्चनहरु फुक्ने भएकाले काम छिटो सम्पन्न गर्न फास्ट ट्र्याकमा जानुको विकल्प छैन,” उनले भने, “चैत १५ सम्ममा फेरि उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने हाम्रो योजना बनाएका छ, फास्ट ट्र्याकबाट जाँदा तोकिएकै समयमा हामी पानी वितरण गर्न सक्छौं ।” यो समाचार आजको कारोबार दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ४ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved