Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काँग्रेस महाधिवेशन : गण्डकीमा देउवा प्यानलको बर्चस्व

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसमा संस्थापन पक्षको बहुमत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका धेरै उमेदवारहरू विजयी भएका हुन् । पदाधिकारीमा भने शेखर कोइराला पक्षबाट उमेदवार बनेका धनराज गुरुङ केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि कोइराला निकट जीवन परियार निर्वाचित भएका छन् ।

 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । मुख्यमन्त्री नेपालीले २ हजार ३ सय ६ मत ल्याएर विजयी भएका हुन् । मुख्यमन्त्री पोखरेल १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै नवलपरासी पूर्वका मतदाता रहेका शशांक कोइराला पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कोइराला र पोखरेल दुबै शेखर निकटका रुपमा चिनिन्छन् । त्यसैगरी गण्डकी प्रदेशका तर्फबाट खुलातर्फ केन्द्रीय सदस्यमा तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले २ हजार ७ सय २० मत पाएर बिजय भएका छन् । त्यसैगरी स्याङजाकी सरस्वती अर्याल तिवारी गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । स्याङजाबाट काँग्रेसका पूर्व उपसभापति भइसकेका गोपालमान श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तिवारी र श्रेष्ठ दुवै देउवा निकटकारुपमा चिनिन्छन् ।

त्यसैगरी देउवा पक्षबाट तनहुँका गोविन्द भट्टराई, ध्रुव वाग्ले र शंकर भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै कास्कीका गुरु बराल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बराल देउवा प्यानलबाट उमेदवार बनेका थिए । कास्कीबाट शेखर प्यानलमा केन्द्रीय सदस्यमा उमेदवार बनेका दबराज चालिसे, यज्ञबहादुर थापा ऋषी काफ्ले भने पराजित भएका छन् ।
देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उमेदजवार बनेका कांग्रेसका पुराना नेता शोभियत बहादुर अधिकारी पनि पराजित भएका छन् ।

अहिलेसम्मको मत गणनामा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा, लमजुङ र बागलुङबाट कोही पनि केन्द्रय समितिमा निर्वाचित भएका छैनन् । प्रदेशका ११ जिल्ला मध्ये कास्की, तनहुँ, नवलपरासी र स्याङजाका उमेदवारहरु भने विजयी भएका छन । अन्य पदमा मतगणना जारी रहेकाले प्रदेशबाट थप उमेदवार निर्वाचित हुनसक्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ५ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved