देवुचली,


प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान सुरु भएको छ ।



आठौँ अधिवेशन अन्तर्गत संस्थाको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजे देखि दलदलेको साहारा पार्टी प्यालेसमा मतदान सुरु भएको हो ।
खानेपानी संस्थाको अध्यक्ष पदका लागि नेकपा एमाले तर्फबाट वर्तमान अध्यक्ष खिमानन्द भुसाल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीको साझा गठबन्धनको तर्फबाट नारायण प्रसाद पौडेल चुनावी मैदानमा छन् ।

यसैगरि संस्थाको सचिव पदका लागि नेकपा तर्फबाट सुर्य प्रसाद दवाडी र गठबन्धन तर्फबाट ईन्द्रमणी भुसाल प्रतिस्पर्धामा छन् ।
संस्थाको निर्वाचनका लागि दुवैतर्फबाट २८ जनाको उम्मेदवारी रहेको छ ।
निर्वाचन प्रक्रिया दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक जिवलाल श्रेष्ठले बताउनुभयो ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समूहका कुल ४ हजार ५ सय ९० मतदाता उपभोक्ता रहेका छन् ।








