संशोधित विधानलाई अन्तिमा रुप दिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजको बन्दसत्र सकिएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा संशोधित विधानलाई अन्तिम रुप दिनेबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।





‘महाधिवेशनमा विधान संशोधनबारे आएका सुझावहरूलाई समेत कसरी समेट्न सकिन्छ भनेर स्थायी कमिटीमा छलफल हुन्छ र भोलिको बन्दसत्रमा जवाफसहित विधान संशोधन प्रस्तावका लागि पेश हुन्छ’, महराको भनाई छ ।

माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । तर महाधिवेशनमा कतिपयले उक्त प्रस्तावमाथि प्रश्न गर्दै पार्टी कमिटीहरु चुस्त दुरुस्त बनाउन संख्या घटाउनुपर्ने सुझाव दिएका छन् । त्यसैगरी क्लस्टवाइज केन्द्रीय कमिटीमा प्रतिनिधित्वको माग समेत उठेको छ ।








