Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।

 

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।

  • तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved