Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।

 

राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको रातोपाटीलाई बतायो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई वैशाखमै चुनाव गर्नुपर्छ भन्नुभएको हो ? भन्ने रातोपाटीको प्रश्नमा राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रधानमन्त्री देउवाले चुनावबारे सबैसँग सरसल्लाह भइरहेको राष्ट्रपतिलाई बताएको ढकालले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भन्नुभएको छ ।’

निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । तर, सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ ।

निर्वाचन आयोग र विपक्षी दल नेकपा एमालेले समेत वैशाखमै स्थानीय चुनाव हुनुपर्ने बताइरहेका बेला विहीबार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर संविधान र कानून सम्झाएकी हुन् ।

शीतलनिवासको भेटपछि प्रधानमन्त्री देउवालाई भेटेका एक मन्त्रीले रातोपाटीसँग भने, ‘कार्यकाल सकिएपछि मात्रै चुनाव हुने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर वैशाखमै चुनाव गर भन्नु शीतलनिवासको हस्तक्षेप हो भन्ने हाम्रो बुझाइ छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १० घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १० घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १० घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved