Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

निक्की हेली अमेरिकी राष्ट्रपति चुनावको दौडबाट बाहिर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको दौडबाट निक्की हेलीले आफ्नो नाम फिर्ता लिएकी छिन् । हेलीको बहिर्गमनलाई प्रभावकारी रूपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको सुरुवात मानिएको छ। अब राष्ट्रपतिको अन्तिम दौडमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबिच प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।

तर हेलीले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनिन्, ‘अब यो डोनाल्ड ट्रम्पको हातमा छ कि उहाँलाई हाम्रो पार्टी र त्यसभन्दा बाहिरका भोट कसरी ल्याउनुहुन्छ । मलाई आशा छ कि उहाँले यो हासिल गर्न सक्नुहुनेछ ।’

तर यी सबैको बिचमा एउटा नयाँ प्रश्न छ– हेलीका मतदाताले उनी पछि कसलाई भोट दिनेछन् ? दक्षिण क्यारोलिनाका पूर्व गभर्नर हेलीलाई समर्थन गर्ने ट्रम्पविरोधी रिपब्लिकन र स्वतन्त्र उम्मेदवारहरूको समूहको मत ट्रम्पलाई मनोनयनबाट हटाउन पर्याप्त थिएन।

तर, हेलीको समर्थनमा यिनै मानिसहरूका साथै कलेजका शिक्षक र हेलीलाई दुईवटा प्राइमरी जिताउन भूमिका खेल्ने उपनगरीय मतदाता सँगै मिलेर अघि बढ्ने हो भने यो सङ्ख्या उल्लेखनीय हुन सक्छ । ऐतिहासिक रूपमा, यी समूहहरूलाई चुनावमा प्रभाव पार्न सक्ने ठुलो शक्ति मानिन्छ।

निक्कीले छाडेका मतदाताले अब राष्ट्रपति चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास छ । रिपब्लिकन रणनीतिकार केभिन म्याडेनले भने, ‘यो चुनावको निर्णय यिनै मतदाताहरूले गर्नेछन्।’
बीबीसी

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ घण्टा अगाडि
UML555555555555

यी हुन् एमालेमा विजयी पदाधिकारी, कसले कति...

  • २ घण्टा अगाडि
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ३ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved