Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका प्रमुख दल समितिको कार्यादेश (टीओआर) मा पुगेर अड्किएका छन् ।

शनिबार साँझ बालुवाटारमा सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता संसदीय छानबिन समिति गठन गर्न सहमत भएका थिए । सोही सहमति अनुसार सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदल समेत गठन गरेर आइतबार दिनभर कार्यदलस्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटेपनि सफल हुन सकेनन् । टीओआरमा सहमति खोज्ने प्रयासस्वरुप कार्यदल र पार्टीभित्र विभिन्न चरणका छलफल भएपनि सत्ता र प्रतिपक्षले आआफ्नो अडान भने छाड्न मानेनन् ।

समितिको कार्यादेशमा सहकारीको रकम हिनामिनामा जोडिएका उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बन्दा सहमति जुट्न ढिलाइ भएको नेताहरूको भनाइ छ । रविको नाम कार्यादेशमा राख्नुपर्छ भन्ने कांग्रेसको प्रस्तावमा सत्तापक्षले सहजै स्वीकार नगरेपछि ‘लफडा’ भएको एक सदस्यले जानकारी दिए ।

‘सत्तापक्षले रविको नाम नराख्ने अडान राख्दा प्रमुख प्रतिपक्षले रविको नाम राख्नुपर्ने अडान छोड्न सकेन जसका कारण सहमति जुट्न कठिन भयो,’ ती सदस्यको भनाइ छ ।

‘अरु लगभग कुरा मिले पनि छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम राख्ने/नराख्ने भन्नेमै मुख्य मतभेद देखियो’, ती सदस्यले भने, ‘सत्तापक्ष रविको नाम राख्न नहुने अडानबाट पछि हटेन ।’

दिनभरको प्रयासमा पनि कार्यदलस्तरमा यसबारे सहमति जुट्न नसेकपछि आइतबारको प्रतिनिधि सभा बैठक दुई पटक समय सारियो भने राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित नै हुन पुग्यो ।

आइतबार बिहान कांग्रेससहित विपक्षी मोर्चाको बैठक बसेर रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत त भयो तर कार्यादेशमा सहमति नभएसम्म संसद् बैठक सञ्चालन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गर्‍यो । विपक्षी मोर्चाको आग्रहअनुसार संसद् बैठकको समय (११ बजेबाट २ र २ बजेबाट ४ः३० लाई) पटक पटक सारियो ।

एउटा विषयमा बन्ने छानबिन समितिको कार्यादेशमा अल्झिदा सिङ्गो संसद् नै बन्धक जस्तै बन्न पुग्यो । ११ बजे संसद् बैठकमा सहभागी हुन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरू बैठक बस्ने छाँटकाँट नदेखेपछि त्यसै फर्किएका थिए । यसअघि शुक्रबार पनि संसद् यही किचलोका कारण सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद्को यो अधिवेशन सुरु भएयता सहकारी घोटालाको विषय चर्को रूपमा उठाउँदै आएको छ । नेपाली कांग्रेसले छानबिन समितिलाई बटमलाइन बनाएपछि सुरुवाती दिनमा छानबिन समितिको नामै उच्चारण गर्न नचाहेको सत्तापक्ष पछिल्लो समय समिति गठनमा लचक बनेपनि टीओआरको सवालमा टसकोमस नभएपछि समस्या गिजोलिएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १९ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २० घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २० घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved