मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर विजयी भएका छन् ।


आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।



गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का ६७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँक्रेविहार (सुर्खेत), जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवकी लामिछानले चार हजार २७२ मत प्राप्त गरेर निर्वाचित भएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । उनका अनुसार १६ हजार ४४९ मतदातामध्ये १० हजार ६०६ मत खसेको थियो ।








