टुंगियो नेकपा एसका नेताको कार्यविभाजन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेको ६ महिनापछि पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ । लामो समयको रस्साकस्सी पछि नेताले जिम्मेवारी पाएका हुन् । विगत ६ दिनदेखि चलेको पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकले सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । कार्यविभाजन निकै पेचिलो बनेको सो पार्टीले लामो बहसपछि निर्णयमा पुर्याएको हो […]
आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएकोमा स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति […]
जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध

२६ मंसिर, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको […]
रविमाथि प्रहरीको दुर्व्यवहार : आयोगमा एआइजी पठाएर गृहमन्त्रीसँगै सुर्खेतमा आइजिपी

काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले गरेको भनिएको दुर्व्यवहार र मानवअधिकार हनन्बारे सोधपुछका लागि मानवअधिकार आयोगले बोलाएका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले आयोगको निर्देशन अटेर गरेका छन् । आयोगले आइजिपीलाई नै उपस्थित हुन भने पनि उनी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई पठाएर आफू भने गृहमन्त्री रमेश लेखकसँगै सुर्खेतमा छन् । आइजिपी […]
छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो । उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी […]
तितो सम्बन्ध बनाएका अमेरिकी मन्त्रीको मिठो बिदाई भेट, ओलीसँग भेट्न पाएनन्

२३ मंसिर, काठमाडौं । चिनियाँ बाबु र अमेरिकी आमाका छोरा डोनाल्ड लुले नेपालमा ३० वर्षअघि आफ्नी जीवनसाथी पाएका थिए । त्यो प्रेमजोडीले बस चढेर जनकपुर, सौराहा घुमेको थियो । अमेरिकी सहायक विदेशमन्त्रीको कार्यकाल सकिन लाग्दा ‘बिदाई भेट’ को शैलीमा आइतबार काठमाडौं ओर्लेका लुसँग नेपालसँग जोडिएका व्यक्तिगत पल जति मिठा छन्, कुटनीतिक जीवनका पल भने त्यति […]
भूटानी नरेश काठमाडौं आए, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

काठमाडौं । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ […]
ग्रामथानको अध्यक्षमा एमाले, नलगाडको उपप्रमुख माओवादी र ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष […]
उपनिर्वाचनः आजदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित ९मौन० अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत […]
इजरायल र हिजबुल्लाहबीच युद्धविराम, बाइडेनले दिए यस्ताे प्रतिक्रिया

काठमाडौँ । इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम भएकाे छ । अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएका हुन् । युद्धविराम बुधबारदेखि लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्नेछ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो। बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन […]