Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

संसद‍मा ‘मत ढलेँ ढलेँ’ गीत गाएका प्रधानमन्त्री ओलीलाई प्रचण्डले यसरी फर्काए जवाफ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । गत माघ १८ थते बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गाएको ‘मत ढलेँ ढलेँ’ बोलको गीतको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्काएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गाएको उक्त गीतको जवाफ फर्काएका हुन् । जवाफमा प्रचण्डले आफूले सरकार ढल्ने बताएको जिकिर गरे ।

‘प्रधानमन्त्रीजीले यही सदनमा ढलेँ ढलेँ गीत गाउनुभयो, तर सरकार ढल्दैन भने हरेक दिन यो सरकार कहिलेसम्म चल्छ र त्यसपछि शेरबहादुरजीलाई दिन्छु किन भन्नुपर्यो ?’, प्रश्न गर्दै प्रचण्डले भने, ‘मैले यो गठबन्धन प्राकृतिक छैन भनेको छु । मैले सरकार ढाल्छु भनेको त छैन नि, यो सरकार ढल्छ भनेको हुँ ।’

उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

उनले सत्ता पक्षका दलहरूबीच नै विश्वास नभएको भन्दै सोही कारण प्रधानमन्त्री ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए ।

‘तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त ? साँच्चै विश्वास भएको भए ?’, अध्यक्ष प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र ?’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved