Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देउवाको दबाबपछि ‘टेक एन्ड पे’ नीतिबाट पछि हट्यो सरकार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकार विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ नीतिबाट पछि हटेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले निजी क्षेत्रले बनाउने नदी प्रवाही जलविद्युत् (रन अफ द रिभर) आयोजनालाई लिऊ र तिर (टेक एन्ड पे) को नीति लागू गर्ने भएपछि सडकदेखि सदनसम्म बहस चुलिएको थियो ।

सोमबार मन्त्रिपवरिषद् बैठक बस्नुअघि देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब १ घन्टा सोही विषयमा छलफल भएको थियो । छलफलमा भएको सहमति बोकेर ओली मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । बैठकमा ओलीले देउवासँग भएको कुराकानी सुनाउँदै ‘टेक एन्ड पे’ लाई बजेटबाट हटाउने जानकारी गराएका थिए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘टेक एन्ड पे’ अवधारणाअनुसार रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने नीति लिएको घोषणा गरेका थिए । घोषणासँगै सरोकारवाला २ मन्त्रीको कुरा बाझिएको थियो । ऊर्जामन्त्री दीपक खड्काले भूलवश यो नीति ल्याइएको र यसलाई सच्याइनेछ भन्दै आएका थिए भने अर्थमन्त्रीको चाहिँ निजी क्षेत्रकै हित हुनेगरी जानीबुझी यो व्यवस्था ल्याएको दाबी थियो ।

स्रोतका अनुसार बजेटमा उल्लेख भइसकेको विषय फिर्ता लिँदा ‘बजेट संशोधन’ गरिएको सन्देश जाने भन्दै मन्त्री पौडेलले यो प्रावधान फिर्ता नलिई बजेट पारित गराउने लबिङमा लागेका थिए ।

उता ऊर्जामन्त्री खड्काले सुईंकोसमेत नपाई बजेटमा प्रवेश पाएको ‘टेक एन्ड पे’ नीति सच्याउन आफ्नो प्रयास सफल नहुने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवामार्फत दवाव बढाएका थिए । स्रोतका अनुसार सोमबार दिउँसो संसदीय दलको कार्यालयबाटै टेलिफोन गरेर गठबन्धनलाई समस्या पार्ने विषय बजेटमा राख्न नहुने भन्दै अर्थमन्त्रीलाई देउवाले यो नीति सच्याउन सचेत गराएका थिए । देउवाले उक्त प्रावधान नसच्याए बजेट पारित गर्नै अप्ठेरो पर्नसक्ने संकेत गरेका थिए । अर्थमन्त्रीले ऊर्जामन्त्रीको पत्रलाई नटेरेर ‘टेक एन्ड पे’ पारित गराउने लबिइङमा लागेपछि ऊर्जामन्त्री खड्का देउवामार्फत दवाव बढाउनतिर लागेका थिए ।अर्थमन्त्रीले नै अनिच्छा व्यक्त गरेपछि निजीक्षेत्रका लगानीकर्ता तथा उर्जा उत्पादकहरू संसदीय समितबाटै यो प्रावधान सच्याउन सक्रिय भएका थिए । यसअघि उनीहरूले यो विषयलाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, तथा संसदीय समितिका सभापतिलाई समेत भेटिसकेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ महिना अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ महिना अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ महिना अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero ©2026 All right reserved