Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वाणिज्य बैंकहरूको भन्दा विकास बैंकको नाफामा दोब्बर वृद्धि, कुनले कति कमाए ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । साउनदेखि पुस मसान्तसम्म कुल ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले सो अवधिमा ३ अर्ब २० करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४.४६ प्रतिशतले बढी हो ।

 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म यी ८ वटा विकास बैंकहरूले कुल २ अर्ब ७३ करोड ९४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

नाफा वृद्धि प्रतिशतको हिसाबमा यस अवधिमा वाणिज्य बैंकहरूलाई पनि पछि पार्दै विकास बैंकहरूले अग्रता हासिल गरेका छन् । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरूले ८.८७ प्रतिशतले आफ्नो नाफा वृद्धि गरिरहँदा यता विकास बैंकहरूले अधिकतम १४.४६ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

यद्यपि, यो राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरूको मात्र तथ्याङ्क हो । कुल १७ विकास बैंकमध्ये बाँकी ९ वटा क्षेत्रीय तथा जिल्ला स्तरीय विकास बैंकको तथ्याङ्क यहाँ समाहित गरिएको छैन ।

कुन विकास बैंकले कति कमाए ? (हजारमा)

​

राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको वित्तीय रिपोर्ट हेर्दै गर्दा चालु आर्थिक वर्षको ६ महिनामा ६ वटा विकास बैंकको नाफामा वृद्धि भएको छ भने २ वटा विकास बैंकको नाफामा ब्रेक लागेको छ । अर्थात् अघिल्लो वर्षको तुलनामा दोस्रो त्रैमासमा २ वटा विकास बैंकको नाफा घटेको छ ।

यस अवधिमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको नाफा अघिल्लो वर्षको भन्दा पनि कम भएको हो । यी बैंकहरूको नाफा क्रमशः २.१४ प्रतिशत र ११.८९ प्रतिशतले घटेको छ ।

गत वर्ष कुल ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको मुक्तिनाथ विकास बैंकले यस वर्ष २.१४ प्रतिशतले नाफा गुमाउँदै ६० करोड २४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यता कामना सेवा विकास बैंकले अघिल्लो वर्ष नै ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष ११.८९ प्रतिशतले नाफा गुमाउँदै ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ कमाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको आक्रामक छलाङ

समीक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफामा अप्रत्याशित छलाङ मारेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफा अधिकतम ५९.४७ प्रतिशतले वृद्धि गरेको छ ।

अघिल्लो वर्ष कुल १६ करोड ४८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ५९.४७ प्रतिशतले नाफा वृद्धि गर्दै कुल २६ करोड २८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै समीक्षा अवधिमा बैंकले वितरणयोग्य नाफासमेत अधिकतम ११८.७० प्रतिशतले वृद्धि गर्दै १८ करोड ४ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकले ४६.८१ प्रतिशतले ब्याज आम्दानी बढाएर ७९ करोड ५८ लाख ८३ हजार रुपैयाँ कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४.७४ प्रतिशतले बढेर १७ रुपैयाँ १२ पैसा पुगेको छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १२ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १२ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved