काठमाडौं । प्रधानमन्त्री वालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन् ।


गौरी कुमारी उद्योग महोत्तरी– ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी– २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए । दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।



पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले बिहीबार दीपककुमार साहलाई पदमुक्त गरेका हुन् ।









