काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरु र सांसदहरुलाई मासिक लेबी तोकेको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले लेबीबारे निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाका मन्त्रीहरु र सांसदले मासिक रुपमा पार्टीलाई लेबी बुझाउनुपर्नेछ ।


संसदीय दलको बैठकले मन्त्रीहरुले १८ हजार रुपैयाँ र सांसदहरुले १६ हजार पाँच सय रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरेको हो । यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि दुई हजार रुपैयाँ लेबी तोकिएको छ ।



त्यस्तै, सांसदका स्वकीय सचिवले पनि दुई हजार रुपैयाँ लेबी बुझाउनुपर्ने रास्वपाले निर्णय गरेको छ । अहिले सांसदले स्वकीय सविच राख्न पाएका छैनन् । स्वकीय सचिव राख्ने व्यवस्था गर्न प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि कानुन मन्त्रालयमा सिफारिस पठाइसकिएको छ ।










