Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, ३ हजार प्रतनिधिले भाग लिने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए ।

उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए ।

स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे पनि निर्णय गरेको छ । सचिब भट्टराईका अनुसार एमालेको विधानमा महाधिवेशनमा विधान परिषद्का सदस्यले भाग लिने व्यवस्था गरिएको भए पनि हाल सो परिषद् नभएकाले बाधाअड्काउ फुकुवामार्फत प्रतिनिधिबारे निर्णय गरिएको बताए ।

उनका अनुसार पार्टीको केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय आयोगहरुका सबै पदाधिकारी र सदस्य, विभागबाट १५ जना, सबै जनवर्गी संगठनबाट १०–१० जना राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला, एक पुरुष र एक दलित, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

यस्तै १० प्रतिशत प्रतिनिधिहरु केन्द्रीय कमिटीले मनोनित गर्नेसमेत व्यवस्था गरिएको छ । यी सबै गरी करिब ३ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने सचिब भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशन तयारीका विषयमा असोज ३ र ४ गते स्थायी कमिटी तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने छ । यी बैठकले विधान संशेधनको मस्यौदा र अन्य प्रतिवेदनहरु पारित गर्नेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २२ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २२ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved