Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विवादास्पद गतिविधिमा मुछिएको व्यक्तिले गरेकाे जग्गादान स्वीकार्नु गलत : भीम रावल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्य मार्क्सवादी र लेनिनवादी आदर्श, सिद्धान्त र मूल्य मान्यता विपरित रहेको बताएका छन् । भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार बेलुका संचारकर्मीसँग कुरा गर्दै नेता रावलले सत्तारुढ एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको बताए ।

‘एमालेले दस्तावेजमा सुशासनको कुरा गर्छ । त्यस्तो राजनीतिक दलले कर सम्बन्धी कुरामा पनि मुद्दा खेपिरहेको, जग्गाको मुद्दामा त दण्ड सजाय नै पाएको व्यवसायीलाई लगेर शिलामा निजको नाम र निजको परिवारलाई नै उपस्थित गराएर त्यहाँ राख्ने, निजले नै बनाउने भन्ने कुरा गम्भीर सिद्धान्त र आदर्शबाट भएको विचलन हो’ नेता रावलले भने ।

देशको प्रधानमन्त्री भएको पार्टीले विवादास्पद गतिविधि र मुद्दामामिलामा मुछिएको व्यक्तिलाई लिएर पार्टी कार्यालय बनाउने भन्ने कुराले सकारात्मक सन्देश नगएको रावलले बताए । ‘एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको छ’ उनले भने ।

उनले एमाले विभाजनको बेला २०५४ सालमा आफू क्षेत्रीय इन्चार्ज हुँदा कार्यकर्तालाई पार्टीमा थेगेर राख्न योगदान दिएको सम्झँदै नेता रावलले त्यतिबेला पार्टी कार्यालय बनाउन आफूले कतैबाट पैसा नलिएको स्मरण गरे ।

दशैं अष्टमीको दिन (२५ असोज)मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि बमोजिम केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

भाटभटेनी संचालक गुरुङले कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गासहित अत्याधुनिक भवनको एमाले केन्द्रीय मूख्यालय भवन निर्माण गरिदिने बचन दिएका छन् । यो कुरालाई लिएर अहिले तीव्र विरोध भैरहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १३ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १३ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १३ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved