रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन ‘हेर्न नमिल्ने’

वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै […]

ओलीको ‘सेप’बाट उम्किन सके ‘कम्युनिस्ट कमान्ड’ लिने दाउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई सक्रिय राजनीतिमा भित्र्याएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्काउन जोडबल गरिरहेका छन् । पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर नजिर बसाएका उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन प्रोत्साहित गरेका हुन् । सक्रिय राजनीतिमा फर्किन एमालेको दसौँ महाधिवेशन कुरिरहेकी भण्डारीलाई प्रोत्साहन […]

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला असत्य हो : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले […]

रवि लामिछानेको न्यायाका लागि रास्वपा पुग्यो मानव अधिकार आयोग

। सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको न्यायका लागि उनकै पार्टी मानव अधिकार आयोगमा पुगेर ध्यानाकर्षण गराएको छ । सभापति लामिछाने रुपन्देहीको सुप्रीम सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान भएका छन् । बुधबार रास्वपाले सभापति लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको हो । […]

भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविको बसाईं

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । २ दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने सोमबार जिल्ला कारागार चलान भएका हुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस […]

हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका […]

संसद् बैठकको समय सर्‍यो

१७ चैत,। प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो । संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने […]

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले पछिल्लो राजनीतिक घटना क्रम र विभिन्न विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । […]

सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

१५ चैत, काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्‍यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । ११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै […]

कुलमानको विषयमा सहमति नजुटेपछि आजको संसद बैठक स्थगित, अब शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो […]