Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

जो व्यक्ति ६ घण्टाभन्दा कम सुत्छ, मुटुरोग लाग्न सक्छ

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

निद्रा र मुटुको सम्बन्ध गहिरो छ । पुग्दो मात्रामा मस्त एवं गहिरो निद्राले मुटुलाई जवान राख्न सहयोग गर्छ । यसका लागि कम्तीमा ७ घण्टाको निद्रा अनिवार्य छ ।

जो व्यक्ति ६ घण्टाभन्दा पनि कम सुत्छ, उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ ।

पुग्दो निद्रासँगै मुटुलाई जवान राख्ने अर्को मूल सर्त हो, व्यायाम । दैनिक शारीरिक व्यायाम गर्ने, दौडने, उफ्रने, योग गर्ने, ध्यान गर्ने व्यक्तिको मुटु पनि तन्दुरुस्त रहन्छ ।

मुटु स्वस्थ राख्नका लागि कम्तीमा हप्तामा पाँच दिन व्यायाम गर्न सकिन्छ । हरेक पटक ३० मिनेटको शारीरिक व्यायाम जरुरी हुन्छ । व्यायामले मुटुको मांसपेशीलाई बलियो बनाउँछ । त्यससँगै रक्तप्रवाहलाई सहज बनाउँछ, खराब कोलेस्टोरोल नियन्त्रण गर्छ, रक्तचाप सामान्य बनाउँछ ।

त्यसबाहेक तौल नियन्त्रण राख्ने, खराब खानपान त्याग्ने गरेमा मुटुलाई जीवनभर चुस्त, जवान राख्न सकिन्छ ।

कस्तो खानपानले मुटु रमाउँछ ?

मुटु रोग लाग्नु वा नलाग्नुमा खानपानको पनि मूल भूमिका छ । त्यसैले खानाको छनौटमा ध्यान दिन जरुरी छ ।

के हुन त मुटुमैत्री खाना ?

मुटुलाई स्वस्थ राख्न हरियो सागपात खानुपर्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ पाइन्छ । यसले रगत जम्न दिदैन । रक्तचाप सन्तुलित राख्न सहयोग गर्छ । फलतः मुटुको कार्यसंचालन सहज हुन्छ ।

फाइबरयुक्त खानेकुरा मुटुमैत्री मानिन्छ । फाइबरले रगतमा कोलेस्टोरोल र ग्लुकोजको मात्रा कम गराएर रक्तनलीमा खराब कालेस्टोरोल जम्मा हुन दिदैन । सागपात, गेडागुडी, जौ, फलफूल, गाँजर, काउली, केराउ आदि फाइबरको स्रोत हुन् ।

मासु खासगरी माछा, दाल आदि पनि दैनिक खानामा समावेश गर्न सके मुटुलाई फाइदा गर्छ ।

कस्तो खानपानले मुटु खराब गर्छ ?

यदि तपाईं मुटुलाई सधै स्वस्थ, बलियो राख्न चाहनुहुन्छ भने यसको अर्को सर्त हो, खराब खानपान त्याग । मुटुलाई हानि गर्ने तत्व हो, चुरोट एवं सुर्तीजन्य कुरा । धुम्रपान गर्ने पुरुषलाई तीन गुणा र महिलालाई ६ गुणा कोरोनरी हृदय रोग लाग्ने खतरा हुन्छ ।

यसैगरी रक्सीले पनि मुटुलाई दुःख दिन्छ । रक्सी पिउँदा रक्तचाप बढ्छ । कोलेसटेरिनको मात्रा उच्च हुन्छ । यसले मुटुरोगको खतरा बढाइदिन्छ ।

धेरै नुनयुक्त खानेकुरा पनि मुटुमैत्री होइन । चाहे दाल तरकारीमा होस् वा अन्य खानेकुरामा, नुनको मात्रा बढी हुँदा मुटुलाई हानि गर्छ । प्रशोधित, प्याकेटबन्द खानेकुराले मुटुलाई रोगी बनाउँछ ।

मुटुले कसरी काम गर्छ ?

सम्झनुहोस् त तपाईं रातदिन वा हरेक पल काम गर्नु परेमा के हुन्थ्यो होला । जबकि हाम्रो मुटुले कुनै विश्राम नलिई निरन्तर काम गरिरहेको हुन्छ ।

एक सामान्य मान्छेको मुटु औसत एक मिनेटमा ७२ देखि ८० पटक अर्थात् प्रति घण्टा ४ हजार ८ सय पटक, दिनमा १ लाख १५ हजार दुइ सय पटक र वर्षमा ४२ लाख ४८ हजार पटक धड्कन्छ । यदि कुनै व्यक्ति ८० वर्षसम्म बाँच्छ भने उसको जीवनमा उसको मुटु ३ अर्ब पटक धड्किन्छ ।

यसरी धड्किदै मुटुले २४ घण्टा नै अक्सिजन र पोषक तत्वयुत्त रगतलाई पम्प गरेर धमनीमार्फत तन्तु र शरीरका अन्य भागहरूमा पु¥याउने काम गर्छ ।

मुुटुले रगत संचार गराएसँगै शरीरका तन्तुले अक्सिजन र रगत

मा मिसिएको गुलकोज, खनिज पदार्थ, क्यालसियम र सोडियम पानीको मात्रा प्राप्त गर्छ ।

मुटुले रत्तसंचार मात्र गराउदैैन । यसले रगतको प्रवाहलाई पनि नियन्त्रण गर्छ । अक्सिजन नभएको रगत ग्रहण गरेर त्यसमा अक्सिजन भरेर शरीरको मुख्य अंगमा प्रवाह गर्ने काम गरिरहेको हुन्छ । ताजा अक्सिजनयुक्त रगतलाई मुटुको बायाँ कोठाबाट शरीरका अन्य भागहरूमा पुनः पठाउँछ । शरीरभरि करिब ५.६ लिटर रगत संचार भैरहेको हुन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Jhari-Pachhi-Ko-Indreni-Team

पाँडेले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

  • ४ घण्टा अगाडि
man-pareko-kanchhu-768x591

श्रीमानलाई नचाउँदै शितल शर्माले ल्याइन् ‘मन परेको...

  • ४ घण्टा अगाडि
pokhararara-1024x425

५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • ४ घण्टा अगाडि

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved