Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘छोरा मान्छे पनि रुनुपर्छ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२१ मंसिर, काठमाडौं । भन्छन्- लोग्ने मान्छे भएर रुन हुन्न रे,

मर्दको छोरो भएर आँशु झार्न हुन्न रे !

 

के यो गीतले भने जस्तै साँच्चिकै पुरुषले रुन हुँदैन ? रुने काम महिलाको मात्र हो ? यी प्रश्नको जवाफ खोज्नुअघि मान्छे किन रुन्छन् भन्ने जान्नुपर्छ ।

दुःख बाँड्ने आँशु महिलाले मात्र बगाउने हो, पुरुषले होइन भन्ने भाष्य वैज्ञानिक दृष्टिबाट गलत छ । किनकि हाँस्ने र रुने कुरा हाम्रा भावनासँग जोडिएका कुरा हुन् । आँशु खसाल्ने काम महिलाको मात्र हो, पुरुषको होइन भन्ने मानसिकताले पुरुष रुन नसकेको बताउँछन् मनोविज्ञ विजय ज्ञवाली ।

नुनिलो पानी महिला र पुरुष दुवैको शरीरमा हुन्छ, गहिरो चोटमा होस् या खुशीले झुम्दा आँशु त झर्दछ नै ! ज्ञवाली भन्छन्, ‘केटा भएर पनि रुने हो ? कस्तो केटी जस्तो रहेछ भनेर होच्याउने, आफ्नो भावनालाई आँशुका माध्यमबाट पोख्दा जिस्काउने, मर्दलाई दर्द हुँदैन भन्ने सामाजिक धारणाका कारण पुरुष खुशी र दुःखका क्षणलाई आँशुमार्फत व्यक्त गर्न नसकेको उनको तर्क छ ।

आफूभित्र गुम्सिएर, दबिएर बसेको पीडालाई पोख्ने माध्यम हो आँशु । चित्र, नाटक, कविता आदिबाट आफ्ना कुरालाई अभिव्यक्त गरेझैं हो रुनु पनि ।
ज्ञवाली अगाडि थप्छन्, ‘बुझाइमा मान्छेको कठोर मुटु अनि बलियो शरीर हुनुपर्छ र भावानात्मक हुनुहुँदैन, कडा मिजासको हुनुपर्छ, आफ्ना कुरा खुलेर भन्नु र रुनु भनेको महिला हुनु हो भन्ने मानसिकता हाम्रो समाजमा छ ।’उनको तर्कमा नरुनु पुरुषत्व हो भन्ने सोच नै भ्रामक छ । ‘यो महिला पुरुष दुवैमा हुन्छ । दुवैलाई प्रकृतिले केही शारीरिक बनावटमा मात्र फरक गरेपनि बाँकी स्वभावमा समानता हुन्छ,’ उनी भन्छन्, ‘आफ्ना समस्यालाई आँशुका मार्फत् महिला पुरुष दुवैले व्यक्त गर्नु जरुरी छ ।’

पितृसत्तात्मक समाज महिलालाई जत्तिकै पुरुषलाई पनि हानिकारक रहेको मनोविज्ञ ज्ञवालीको तर्क छ । घरमा छोराछोरीलाई हुर्काउँदा गरिने भेदभावले पनि पुरुषलाई कठोर बन्न बाध्य बनाएको उनी बताउँछन् । ‘छोरा भएर रुन हुन्न, डराउन हुन्न, साहसिक काम गर्नुपर्छ भन्ने गलत संस्कारले गर्दा पुरुष रुन सकेका छैनन्,’ उनी भन्छन्, ‘त्यसले पुरुषलाई भावनात्मक हुन रोकेको छ ।’

आफूभित्र गुम्सिएर, दबिएर बसेको पीडालाई पोख्ने माध्यम हो आँशु । चित्र, नाटक, कविता आदिबाट आफ्ना कुरालाई अभिव्यक्त गरेझैं हो रुनु पनि । मानिसले रोएर आफ्नो कुरालाई आँशुका माध्यमबाट बाहिर निकाल्न सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पितृसत्ताले महिलाले यो, पुरुषले त्यो गर्नुपर्छ भनेर छुट्टाइदिएकाले मात्र पुरुषले रुनु हुँदैन भन्ने दृष्टिकोण बनेको हो ।’

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘मनभित्र आफ्नो समस्यालाई गाँठो पार्दा मनसँगै मुटुलाई पनि असर गर्छ ।’ कोजुका अनुसार गुम्साउनु भनेको शरीरलाई दुःख दिनु हो । ‘तनावलाई व्यवस्थापन गर्न नसक्दा शरीरलाई बेफाइदा गर्ने भएकाले रुँदा उकुसमुकुस भएका कुराहरू बाहिर आउँछ,’ उनी भन्छन्, ‘यसले मुटुलाई फाइदा पुर्‍याउने देखिन्छ ।’

विशेषज्ञ कोजुका अनुसार मन र मुटुको सम्बन्ध एकदमै नजिकको हुने गर्दछ । ‘मनलाई जति भारी बनायो, मुटुलाई त्यति नै असर गर्छ । यसको लागि भारी कम गराउन रुवाइले सहयोग गर्दछ,’ उनी भन्छन्, ‘दुःख चोटलाई गुम्साएर राख्दा शरीरमा हर्मोन (केमिकल मेडिएटर) तलमाथि हुन्छ जसले मुटुको कामलाई प्रभावित पार्छ । मुटुको धड्कन छिटो-छिटो हुने, रक्तचापमा गडबडी हुने जस्ता समस्या देखिन्छ । त्यसैले रुनु राम्रो हो ।’

डा. कोजुका अनुसार हाँस्दा शरीरलाई जति फाइदा हुने गर्दछ रुँदा पनि त्यत्तिकै फाइदा हुन्छ । उनका अनुसार विभिन्न अध्ययनले पनि रुँदा शरीरका मांसपेशी सक्रिय हुने, तनाव कम हुने पुष्टि गरेको छ ।

जापानमा आँशु निकाल्नको लागि क्राइङ क्लब नै छ । यसलाई त्यहाँको भाषामा रुइ कात्सु भनिन्छ । त्यहाँ मानिसलाई पीडा कम गराउनको लागि रुवाउने गरिन्छ । विभिन्न भावानात्मक चलचित्र देखाएर, भावानात्मक कुराकानी गरेर मानिसको आँखाबाट आँशु निकाल्ने गरिन्छ । यसबाट मनभित्रको भडास बाहिर आउने हँुदा धेरै मानिसलाई राहत मिलेको अनुसन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ६ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • ६ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • ७ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • ७ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved