Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

त्रिविका ३ सय कर्मचारी कामविहीन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ । आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यालयमा तालाबन्दी गरेका कारण ती कार्यालयमा कार्यरत करिब ३ सय कर्मचारी कामविहीन भएका छन् । आफ्नो कार्यालय जान नसकेपछि ती पदाधिकारीले अरू विभिन्न कार्यालय चाहार्दै आवश्यक फाइल त्यहीँ मगाएर सदर गर्ने गरेका छन् ।

 

आन्दोलनरत विद्यार्थीले पहिलोपटक मंसिर १६ गतेदेखि पदाधिकारीको कार्यकक्षमा मात्र तालाबन्दी गरेका थिए । पदाधिकारीले उनीहरूको मागको सुनुवाइ नगरेपछि गत पुस ६ गतेदेखि तीनैजना पदाधिकारीको कार्यालयको मूल ढोकामै तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण त्रिविका अधिकांश विभाग र महाशाखाको काम ठप्प छ । तालबाबन्दीपछि आफूहरू कार्यालय आउनै छाडेको बताउँदै एक कर्मचारीले भने– ‘आएर के गर्ने, न बस्ने ठाउँ न त कार्यालय नै, कहिलेकाहीँ आउँछौं, चौरमा घाम ताप्छौं, घर जान्छौं ।’ गत मंसिर १४ गते बसेको सिनेट बैठकले त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने गरी निर्णय गरेपछि सो निर्णयको विरोधमा विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण त्रिविको प्रशासनिक काम ठप्प छ । त्रिविका पदाधिकारीहरू कहिले बल्खु त कहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बसेर काम गर्ने गरेका छन् । त्रिविका पदाधिकारीको अडान नभएका कारण सिनेट बैठकले करारका शिक्षकलाई स्थायी र आंशिकलाई करार गर्ने निर्णय गरेको थियो ।

विद्यार्थी संगठनले सिनेट बैठकअघि नै यस प्रकारको निर्णय नगर्न त्रिविका पदाधिकारीलाई चेतावनी दिएका थिए । परीक्षा नै नदिई स्थायी गर्न नहुने उनीहरूको जिकिर छ । तर, कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको चेतावनीका कारण तीन पदाधिकारीले बाध्य भएर स्थायी गर्ने निर्णय गरेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved