Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

करिश्माले १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

१७ मंसिर, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् ।

 

करिश्माले अनलाइन सेरोफेरोसँग भनिन्, ‘कोरोना महामारीका कारण पढाइ राम्रो भएको थिएन । । छोटो समयको तयारीले परीक्षा दिएकी थिएँ । आशा नै यति गरेकी थिएँ, नतिजाबाट खुशी छु ।’

उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् । ‘पढाइलाई निरन्तरता दिन्छु । स्नातकमा ग्रामीण विकास मूल विषय लिएर पढ्ने ईच्छा छ,’ उनले भनिन् ।

यसैगरी पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पनि कक्षा १२ पास गरेकी छिन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन् ।

रचनाले पनि नतिजाबाट आफू एकदमै खुशी रहेको बताइन् । उनले भनिन् ‘त्यति राम्रो तयारी गर्न पाएकी पनि थिइनँ । त्यति जीपीए आउला भन्ने सोचेकी थिइनँ । एकदमै खुशी छु ।’ उनले अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने बताइन् । अध्ययनलाई प्राथमिकता दिँदै सांगीतिक करिअरलाई अगाडि बढाउने रचनाले बताइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १४ घण्टा अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १४ घण्टा अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १४ घण्टा अगाडि

yesplay register

  • २० घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved