आँखा पाक्ने संक्रमण बढेसँगै कावासोतीका विद्यालय शुक्रबार सम्म बन्द

कावासोती । आँखा पाक्ने संक्रमण फैलिएपछि कावासोती नगरपालिकाले शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कावासोती नगरपालिकाले सोमबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी बुधबार २४ गतेदेखि शुक्रबार २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर […]

आँखा पाक्ने संक्रमण बढ्दै गएपछि चितवनमा विद्यालय बन्द

आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए […]

शिक्षक सेवा आयोगको परीक्षा सर्‍यो

काठमाडौं । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो । असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा […]

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

कावासोती । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, […]

सहिद स्मृति मा वि मा सिक्दै कमाउँदै कार्यक्रम : विद्यार्थीले प्रयोगात्मकमा गरेको तरकारी खेती बन्यो व्यावसायिक ।

ऋषिराम लम्साल कावासोती । नवलपुरको कावासोती नगरपालिकाको वडा नं ३ मा रहेको शहिद स्मृति मावि मा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ। शहिद स्मृति प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र वन विज्ञान सँगै १८ महिने प्रि जेटीए अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित ‘सिक्दै कमाउँदै’ कार्यक्रम फलदायी बनेको हो। शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक […]

सरकार र माध्यामिक विद्यालय शिक्षक युनियनबीच १६ बुँदे सहमति

काठमाडौँ । सरकार र माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) बीच १६ बुँदे सहमति भएको छ कक्षा ११ र १२ को शिक्षा सुधारबारे विभिन्न माग राखेर विरोधका कार्यक्रम गर्दै आएको हिस्टुन र सरकारबीच सोमबार सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र हिस्टुनका प्रतिनिधिबीच साधारण धार र प्राविधिक धारतर्फ हाल दिँदै आएको […]

परीक्षाका कारण स्ववियु निर्वाचनमा कम मत खस्ने चिन्ता

काठमाडौं । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा निर्वाचन गर्न भनिएको छ । केही आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । त्यो बाहेकका अधिकांश क्याम्पसमा सहज रूपमा चुनावी प्रक्रिया अगाडि बढेको छ । त्यस्तै केही […]

अब कक्षा ११ मा रजिष्ट्रेसन फारम भर्न नपर्ने

कावासोती । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ । जबकि कक्षा ९–१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता […]

शिक्षक विज्ञापन पुनः तीन तहकै

शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको […]

हिमाली क्षेत्रका विद्यालयमा आइतबार बिदा असम्भव !

५ जेठ, काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले […]