Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सहिद स्मृति मा वि मा सिक्दै कमाउँदै कार्यक्रम : विद्यार्थीले प्रयोगात्मकमा गरेको तरकारी खेती बन्यो व्यावसायिक ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

ऋषिराम लम्साल

कावासोती । नवलपुरको कावासोती नगरपालिकाको वडा नं ३ मा रहेको शहिद स्मृति मावि मा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ।

शहिद स्मृति प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र वन विज्ञान सँगै १८ महिने प्रि जेटीए अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित ‘सिक्दै कमाउँदै’ कार्यक्रम फलदायी बनेको हो। शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ।
यहाँका विद्यार्थीले करिब ५ कट्ठामा तरकारी र स्थानिय गिठा, भ्याकुर, अदुवा ,वेसार आदि खेती गर्दै आएका छन्। करिब दुई कट्ठामा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।

विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ। विद्यार्थीले उत्पादन गरेको कृषि उपज शिक्षक, व्यावस्थापन सँगै उनीहरु स्वयंले प्रयोग गर्छन् भने बजारमा समेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख पुरुषोत्तम भुर्तेलले जानकारी दिए।
उनका अनुसार, बाली विज्ञानतर्फका विद्यार्थीले एक हजार किलोग्राम बढी टमाटर उत्पादन गरेर बिक्री गरिसकेका छन्। यसअघि उनीहरुले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए।

‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्, व्यावहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन,’ शिक्षालयका प्रमुख भुर्तेलले भने।
विसं २०७४ मा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटीए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे वन विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल ४२ जना अध्ययनरत छन्।

यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र वन शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमासमेत आवद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए। यस शिक्षालयले १८ महिने जेटीए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे वन विज्ञानतर्फ ४०/४० जना सिटमा भर्ना खुलाएको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १४ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १५ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १५ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved