काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।


ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।



न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए ।

न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन गरेको छ । रासस








