Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १९ मिनेट अगाडि

काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ‘शान्ति सम्झौता’ मा पुगेका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन् । उनका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् । सम्झौतापछि वासिङ्टनले हर्मुजमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गरेका छन् ।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन् । इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् ।

मस्यौदाका मुख्य बुँदा:

स्थायी युद्धविराम: लेबनानसहित सबै सैन्य मोर्चाहरूमा स्थायी रूपमा युद्ध अन्त्य गरिने ।

नौसैनिक नाकाबन्दीको अन्त्य: अमेरिकाले ३० दिनभित्र इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने ।

हर्मुजलाई इरानी व्यवस्थापन अन्तर्गत पुनः सञ्चालनमा ल्याइने ।

पुनर्निर्माण प्याकेज: अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धग्रस्त इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना उपलब्ध गराउनुपर्ने ।

प्रतिबन्ध फुकुवा: इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका सबै प्रतिबन्ध हटाइने तथा अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य शक्ति नबढाउने र नयाँ प्रतिबन्धहरू नलगाउने ।

आणविक हतियारमा रोक: इरानले आफू आणविक हतियार निर्माण नगर्ने पुरानै प्रतिबद्धतामा अडिग रहने स्पष्ट पारेको छ ।

इरानको सर्त र राष्ट्रसङ्घको भूमिका

बिबिसीले मेहर न्युज एजेन्सीलाई उद्धृत गर्दै लेखेको खबर अनुसार इरानले अन्तिम चरणको वार्ताका लागि केही पूर्वसर्त अघि सारेको छ । जसमा अमेरिकाद्वारा जफत गरिएको इरानको कुल रकमको आधा हिस्सा फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध स्थगित हुनुपर्ने र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हट्नुपर्ने माग गरिएको छ । यी सर्त पूरा नभएसम्म अन्तिम वार्ता सुरु नहुने इरानको अडान छ ।

दुवै देशबीच हुने यो अन्तिम शान्ति सम्झौतालाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिने मस्यौदामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १४ मिनेट अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १६ मिनेट अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved