Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड प्यानोरामा’ सफलतापूर्वक सम्पन्न

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २४ सेकेन्ड अगाडि

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो ।

यस कार्यक्रमको आयोजना चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको सचिवालयले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) सँगको साझेदारीमा गरेको हो। यसका साथै, नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युटले यस कार्यक्रममा विशेष सहयोग गरेका थिए।

तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ ।उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनको अपेक्षा गरेका छन् ।

यस कार्यक्रम पश्चात चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अनुभव व्यक्त गरे ।

उनले भने, ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौं । दुई देशको बजारमा एक–अर्कालाई प्रवेश गराउने माध्यम यस्तै कार्यक्रमहरू हुन् ।’

कार्यक्रमको पहिला दिन मंगलबार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो ।

दोस्रो बुधबार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

उद्घाटन चलचित्र ‘ट्र्याप्ड’ (Trapped) को प्रदर्शन अघि, नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राखेका थिए। आफ्नो मन्तव्यका क्रममा जोउले भाषा र राष्ट्रिय सीमानाहरूभन्दा माथि उठ्ने एक “विश्वव्यापी भाषा” का रूपमा चलचित्र रहेको उल्लेख गर्दै, यसले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका लागि सबैभन्दा इमानदार र जीवन्त माध्यमको रूपमा काम गर्ने बताए ।

कार्यक्रमको पहिलो दिन ‘ट्र्याप्ड’ (Trapped) चलचित्रका निर्देशक सागर झाङ (Sagara Zhang) स्वयं काठमाडौँ संस्करणमा उपस्थित भई स्थानीय दर्शकहरूसँग गहन छलफलमा सहभागी भए। अन्तरक्रियाका क्रममा एक दर्शकले यस चलचित्रको विशिष्ट सौन्दर्यशास्त्रीय शैली (aesthetic style) आफूले पहिले हेर्दै आएको अन्य एसियाली सिनेमाभन्दा फरक रहेको विचार राखेका थिए। जवाफमा निर्देशक झाङले चलचित्रको त्यो चिसो र कठोर (cold and stark) वातावरण इटालियन वेस्टरन (Italian Westerns) चलचित्रहरूको प्रभावका कारण भएको स्पष्ट पारे।

यस संवादले चिनियाँ र नेपाली चलचित्रकर्मीहरूबीच एक आत्मीय र हृदयस्पर्शी भेटको रूप लियो, जसले चलचित्रको माध्यमबाट भौगोलिक र सांस्कृतिक सीमानाहरूलाई तोड्दै अर्को एउटा अर्थपूर्ण आदानप्रदानको रूपमा इतिहास रच्यो।

झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्धको कथा समेटेको छ ।

सन् १९३५ मा चिनियाँ गृहयुद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनिस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ । उनका साथमा ३५० सहकर्मी सिपाहीहरूको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ ।

वु सुआङ निर्देशित ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ ।

झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन् । बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्तचित्र निर्माताको रहस्यमयी युवतीसँगको भेट र निकटताबारेको कथामा फिल्ममा प्रस्तुत छ ।

‘जर्नी टु द वेस्ट’को निर्देशक दाशाङ कोङ हुन् । यस फिल्मका शीर्ष कलाकार एक पत्रिकाका सम्पादक हुन्छन् । पत्रिकाको स्तर खस्किए पनि उनी एलियनको खोजीमा लागिरेहका हुन्छन् । यही अवस्थमा अन्तरिक्षबाट आएको संकेतले उनी एलियनको खोजीमा पुनः सक्रिय रहेको कथामा यो फिल्म बनेको छ । हाँस्य खुराकहरूले यो फिल्मले मनोरञ्जन प्रदान गर्छ ।

फिल्म ‘लस्ट इन द स्टार’ सस्पेन्स क्राइम जनराको फिल्म हो । यसको कथा थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनामा आधारित छ । नवविवाहित श्रीमती हनिमुनको क्रममा रहस्यमय रूपमा हराउँछिन् । सबैले उनका श्रीमान्लाई हत्याराका रुपमा शंका गर्छन् । मृत भनिएकी श्रीमती अचानक सकुशल फिर्ता भएको घटनाले आश्चर्य प्रदान गर्छ । यो फिल्ममा सस्पेन्स खुराक प्रशस्त पाइन्छ ।

चिनियाँ चलचित्रहरूले भौगोलिक सीमा पार गर्दै पारिवारिक मूल्य, आस्था र स्वतन्त्रता जस्ता साझा मानवीय भावनालाई जोड्ने काम गरिरहेका छन्। आगामी दिनमा ‘तियानतान अवार्ड प्यानोरामा’ विश्वका अन्य सहरहरूमा पुग्ने र यसले चीन-नेपाल सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने आशा आयोजकहरूले राखेका छन्।

facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttongmail sharing buttonsharethis sharing button

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • ३ मिनेट अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • ५ मिनेट अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved