Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु परियार र बद्री पंगेनीको असारे भाकाले गुञ्जियो गोकर्णेश्वर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ हप्ता अगाडि

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सोमबार काठमाडौंको गोकर्णेश्वरमा जे देखियो, त्यसले नेपाली युवा र सेलिब्रेटीहरू केवल डिजिटल स्क्रिनमा मात्र होइन, रैथाने माटोमा पनि उत्तिकै भिज्न सक्छन् भन्ने प्रमाणित गरिदिएको छ । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले परम्परागत कृषिलाई ‘कुल’ र ‘ग्ल्यामरस’ उत्सवमा बदलिदिए ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा भएको उक्त राष्ट्रिय धान रोपाइँ तथा रोपाइँ उत्सवमा आधुनिक पुस्ताका स्टारहरू महँगा फेसन र मेकअप बिर्सिएर खेतको गह्रामै उत्रिएको संस्थाका सचिव कमल सरगमले जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा हिलो खेलेको भिडियो र रिल्स पोस्ट गर्न मात्र होइन, उनीहरूले वास्तविक किसान जस्तै असारे गीत गाउँदै धानका बीउ रोपे र हिलो छ्यापाछ्याप गरेका थिए । यो दृश्यले कृषि पेसा लाजमर्दो होइन, गर्विलो र उत्सवमय हो भन्ने बलियो युवा सन्देश प्रवाह गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा भएको यस कार्यक्रममा नगर प्रमुख दीपककुमार रिजालले पनि कलाकारहरूको यो डिजिटल र फिजिकल उपस्थितिको खुलेर प्रशंसा गरे । उनले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभएर हाम्रो जीवनशैली नै भएको चर्चा गर्दै, धान दिवसलाई फेसबुक र टिकटकमा फोटो पोस्ट गर्ने बहाना मात्र नबनाई किसानको पसिनाको वास्तविक सम्मान गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

जब सेलिब्रेटीहरू आफैँ हिलोमा लतपतिन्छन्, तब नयाँ पुस्ताका फ्यानहरूका लागि माटोसँग जोडिनु एउटा नयाँ ट्रेन्ड बन्न पुग्ने लोक सञ्चारकर्मी नेपालका केन्द्रिय अध्यक्ष चन्द्रमणि गौतमले बताए । गोकर्णेश्वरको फाँटमा सोमबार कलाकारहरूले देखाएको यो शैलीले नेपालमा लोप हुन लागेको कृषि संस्कृतिलाई फेरि एक पटक युवा पुस्ताको रोजाइमा पारिदिएको गौतमको दाबी छ ।

प्रविधिको युगमा पनि माटोको सुगन्ध र असारे संस्कृति कति शक्तिशाली छ भन्ने कुरा कलाकारहरूको यो रोमान्चक रोपाइँले प्रमाणित गरिदिएको उनको भनाई छ । उक्त कार्यक्रममा लोक सम्राट राजु परियार, बद्री पंगेनी, प्रकाश कटुवाल, ईन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलसहित उनका टिमका विभिन्न कलाकारहरुको प्रस्तुतीले थप आकर्षण बढाएको अध्यक्ष गौतमले बताए ।

कृषि र संगीतको यो महापर्वका बीच सोही विशेष मञ्चमा ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिएको उनले जानकारी दिए । उक्त पुरस्कारबाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा स्थापित गीतकार राम थापा अविरललाई नगद रु ५,५५५ सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

कृषि, कला र संस्कृतिलाई जोड्ने यो बृहत् अभियानमा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरूले पनि दरिलो साथ दिएका थिए । कार्यक्रमलाई सफल बनाउन एक्ट्रीम इनर्जी ड्रिंक, इशा फाउण्डेशन, दरबार रोधी क्लब, सोफा हबका साथै गायक प्रकाश कटुवाल, समाजसेवीहरू रामकृष्ण बराल, रमेश विश्वकर्मा तथा अनिल सेडाई लगायतले आर्थिक एवं व्यवस्थापकीय सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved