Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

काभा महिला भलिबल : नेपाल आज सेमिफाइनलमा इरानसँग बदला लिने दाउमा

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौ । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दोस्रो सेमिफाइनलमा नेपाल र क्ष्रानको भिडन्त हुने भएको छ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग आज सेमिफाइनलमा भिड्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज हुने दोस्रो सेमिफाइनल खेल साँझ ५ः१५ बजे सुरु हुनेछ । नेपाल इरानसँग लिग चरणमा भोगेको हारको बदला लिने दाउमा रहने छ ।

आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा हारेको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको हो । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोर्याउने प्रयासमा हुनेछ ।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ । तेस्रो जितसँगै भारत १० अंक सहित शीर्ष स्थानमा रहेको छ । ९ अंकसहित नेपाल दोस्रो र ७ अंक भएको इरान‌ तेस्रो स्थानमा छ । ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ ।

अंंकबिहिन मालदिभ्स पाँचौँ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ । त्यस्तै सोमबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । उक्त खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।

नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । नेपालले यसअघि श्रीलंका र भारतलाई हराएको थियो भने इरानसँग हारेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै आज हुने सेमिफाइनलमा इरानलाई हराउनेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ घण्टा अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ घण्टा अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ घण्टा अगाडि

yesplay register

  • ८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved