कावासोती, नवलपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कावासोती शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को ब्यावसायकाे आधारमा प्रदान गरीने सम्मान काे लागि आयाेजीत ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ।
असोज २५ गते कावासोती स्थित होटल लक्समा आयोजित उक्त कार्यक्रम कम्पनीका चिफ मार्केटिङ अफिसर (सीएमओ) सुशिल चापागाईंको प्रमुख आतिथ्यता तथा कावासोती शाखाका शाखा प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण तथा सहजीकरण एजेन्सी म्यानेजर राम सुनारले गर्नुभएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा व्यक्तिगत कोड तथा टिम बिजनेसअन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
व्यक्तिगत कोडतर्फ उत्कृष्ट तीन
व्यक्तिगत कोडअन्तर्गत सबैभन्दा बढी व्यवसाय गरी प्रकाश गौतम प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो। त्यसैगरी स्टार एजेन्सी म्यानेजर विमला गिरी द्वितीय र स्टार एजेन्सी म्यानेजर नवीन पौडेल तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो।


टिम बिजनेसतर्फ उत्कृष्ट तीन
टिम बिजनेसअन्तर्गत सबैभन्दा बढी व्यवसाय गरी सिनियर एजेन्सी म्यानेजर अपिना सुवेदी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो। त्यस्तै स्टार एजेन्सी म्यानेजर ऋषिराम गिरी द्वितीय तथा विमला गिरी तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो।


उक्त कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने व्यक्तित्वहरूको योगदानको कदर गर्दै अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। यस प्रकारका कार्यक्रमले अभिकर्ताहरूको मनोबल उच्च बनाउनुका साथै संस्थाप्रतिको अपनत्व, व्यावसायिक प्रतिस्पर्धा र आगामी दिनमा थप उत्कृष्ट व्यवसाय गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर एबँम प्रमुख अतिथि ले भन्नुभयो, “मेहनत गर्नेले नै अवार्ड जित्ने हो। यो पूर्ण रूपमा नतिजामा आधारित कार्यसम्पादन भएकाले सबैले आफ्नो कार्यक्षेत्रमा उच्चतम उपलब्धि हासिल गर्ने लक्ष्यसहित मेहनत गर्नुपर्छ।” उहाँले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई शुभकामनासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सम्पूर्ण एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै अवार्ड प्राप्त गर्ने सम्पूर्ण विजेताहरूलाई बधाई तथा आगामी व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिएको थियो।
