Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बाढीपहिरोले भूकम्पपीडितको उठिबास, ६० घरपरिवार विस्थापित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

आठबिसकोट । बाढीका कारण रुकुम पश्चिमका भूकम्पपीडितको उठिबास भएको छ । गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट घर भत्किएपछि टिनको टहरा बनाएर बस्दै आएका भूकम्पपीडितको बाढीले टहरा नै बगाएपछि उठिबास लागेको हो ।

बाढी बस्तीमा पसेर भूकम्पपीडितको अस्थायी टहरा बगाएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका–११ र १२ का ६० घरपरिवार विस्थापित भएका छन् । गिजागाड खोला र तातोपानीमा आएको बाढीका कारण यहाँका ६० घरपरिवार विस्थापित भएका हुन् । वडा–१२ को झिन्चौरका ४० घरपरिवार र वडा–११ को सिमबजारका २० घरपरिवार बिस्थापित भएका छन् ।

झिन्चौर र सिमबजारका करिब ८० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण ठूलो मानवीय क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झिन्चौरका विस्थापित घरपरिवारलाई सोही ठाउँमा रहेको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिको परिसरमा सारिएको र सिमबजारका बिस्थापित राडी बजार र गोइरीमा बसेका छन् । बाढीपहिरोबाट प्रभावितहरू आफन्तको घरमा सरण लिएर बसेका छन् ।

बाँफीकोट गाउँपालिका तर्फको बास्तला, नदुवा, सिसिपातल र डाब सडक निर्माण गर्दा थुप्रिएको माटो ढुंगा गिजागाड खोलाले बगाउँदा उक्त खोलामा ठूलो बाढी आएको थियो । यस्तै झिन्चौरको तातोपानीमा भूकम्पले चर्किएको पहाड फुटेर पहिरो आउँदा मानवीयसँगै भौतिक क्षति भएको छ । निरन्तरको वर्षाका कारण सोमबार राती आएको बाढीमा परेर ३ जना बालिकाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बाढीकै कारण ७ जना घाइते भएका छन् ।

त्यस्तै जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडितको अस्थायी टहरामाथि पहिरो खस्दा ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छन् ।

मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि सुर्खेत पठाइएको जाजरकोट प्रहरी प्रमुख, डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ८ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ८ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ८ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved